• मोरङ । मोरङको पथरी शनिश्चरे वडा नम्बर ६ को मुसहरघट्टालाई पथरी जेसीजले जेसीज गाउँ घोषणा गरेको छ । 
    मुसहरघट्टा गाउँमा ऋषिदेव बस्ती रहेको छ । पथरी जेसीजले सो गाउँलाई जेसीज गाउँ घोषणा गर्दै शनिबार जेसीज सप्ताह कार्यक्रम उद्घाटन गरेको हो । जेसीजले विभिन्न कार्यक्रमको आयोजना गरी हप्ताह मनाउने कार्यक्रम रहेको अध्यक्ष राजकुमार विश्वकर्माले घोषणा गर्नुभयो । 
    सप्ताह उद्घाटन कार्यक्रमको अवसरमा पथरी जेसीजले जेसीज गाउँ राष्ट्रिय संयोजक सुमित्रा घिमिरे भट्टराईको प्रमुख आतिथ्यतामा १५ घर परिवारका ३५ जना बालबालिकाहरुलाई कपी, बलपेन, पेन्सिल लगायत शैक्षिक सामग्रीहरू प्रदान गरेको छ । 
    जेसीज गाउँ घोषणा भएपछि सो गाउँमा आगामी २०३० सम्ममा विभिन्न कार्यक्रमहरू संचालन गरिने पथरी जेसीज अध्यक्ष विश्वकर्माले बताउनुभयो । कार्यक्रममा पथरिशनिश्चरे वडा नम्बर ६ का वडाध्यक्ष कृष्णप्रसाद बस्नेत र पथरी जेसिजका अध्यक्ष राजकुमार विश्वकर्माले जेसीज गाउँमा बार्षिक रुपमा बिभिन्न कार्यक्रम गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएका छन् । 
    पथरी जेसीजका अध्यक्ष राजकुमार विश्वकर्माले जेसीजको आगामी अधिवेशनमा राष्ट्रिय उपाध्यक्ष उठ्ने उमेद्वारी घोषणा गरिसकेको छन् । 


     

सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…