• मोरङ । प्रदेश नं. १ पुन नामकरण संयुक्त संघर्ष समितिले कोशी नाममा हस्ताक्षर गर्ने प्रदेश मन्त्री र सांसदहरुलाई ढुङ्गा लढाएर सडक अवरोध गर्न थालेका छन् । 
    बिहिबार पहिचानवादी नेता, कार्यकर्ताहरुले प्रदेशका भौतिक तथा पूर्वाधार मन्त्री भुपेन्द्र राईलाई खोटाङ जाने क्रममा उदयपुरका चौदण्डीगढी–१  सुघाचरी भञ्ज्याङमा माथिबाट ढुङ्गा लडाएर सडक अवरोध गरेका हुन् । 
    मन्त्री राई खोटाङको बराहापोखरी–५ र जन्तेढुँगा गाउँपालिका–१ को सिमानामा पर्ने बुवाखोलामा निर्मित पक्की पुल शिलान्यास गर्न जाने थाहा पाएपछि उदयुरमा माथिबाट ढुङ्गा लडाएर सडक अवरोध गरेका थिए । 
    मन्त्री राई खोटाङ जाने सूचना पाएलगतै पहिचानवादी युवाहरु चौदण्डीगढीको सुघाचरी भञ्ज्याङमा कालो झण्डा र मोसोसहित केन्द्रीत भएरका थिए ।
    पहिचानवादी युवाहरुले सडक अवरोध गरेको थाहापाएपछि मन्त्री राईलाई झाडीको बाटोबाट भगाइएको किरात राई यायोक्खा केन्द्रीय सदस्य मनि राईले बताउनु भयो ।
    मन्त्री राई वैकल्पिक बाटोबाट भागेपछि आयोजित कोणसभामा कोशी नाम खारेजी नगरे आन्दोलन अझ कडा बनाइने युवाहरुले उद्घोष गरेका छन् । 
    कार्यक्रममा संयुक्त संघर्ष समिति चौदण्डीगढीका संयोजक मनिकुमार राई, किराया केन्द्रीय सदस्य मनि राई, प्रदेश सदस्य प्रमोदजंग राई, पहिचानवादी युवाहरु सन्तोष राई, गौतम राई, नवीन सुप्तिहाङ, संरक्षक राई, लेखक राई, चक्र राई, ललिता राई, राजेन्द्र राई लगायतको रहेका थिए ।
     

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…