• मोरङ । प्रदेश नं. १ पुन नामकरण संयुक्त संघर्ष समितिले कोशी नाममा हस्ताक्षर गर्ने प्रदेश मन्त्री र सांसदहरुलाई ढुङ्गा लढाएर सडक अवरोध गर्न थालेका छन् । 
    बिहिबार पहिचानवादी नेता, कार्यकर्ताहरुले प्रदेशका भौतिक तथा पूर्वाधार मन्त्री भुपेन्द्र राईलाई खोटाङ जाने क्रममा उदयपुरका चौदण्डीगढी–१  सुघाचरी भञ्ज्याङमा माथिबाट ढुङ्गा लडाएर सडक अवरोध गरेका हुन् । 
    मन्त्री राई खोटाङको बराहापोखरी–५ र जन्तेढुँगा गाउँपालिका–१ को सिमानामा पर्ने बुवाखोलामा निर्मित पक्की पुल शिलान्यास गर्न जाने थाहा पाएपछि उदयुरमा माथिबाट ढुङ्गा लडाएर सडक अवरोध गरेका थिए । 
    मन्त्री राई खोटाङ जाने सूचना पाएलगतै पहिचानवादी युवाहरु चौदण्डीगढीको सुघाचरी भञ्ज्याङमा कालो झण्डा र मोसोसहित केन्द्रीत भएरका थिए ।
    पहिचानवादी युवाहरुले सडक अवरोध गरेको थाहापाएपछि मन्त्री राईलाई झाडीको बाटोबाट भगाइएको किरात राई यायोक्खा केन्द्रीय सदस्य मनि राईले बताउनु भयो ।
    मन्त्री राई वैकल्पिक बाटोबाट भागेपछि आयोजित कोणसभामा कोशी नाम खारेजी नगरे आन्दोलन अझ कडा बनाइने युवाहरुले उद्घोष गरेका छन् । 
    कार्यक्रममा संयुक्त संघर्ष समिति चौदण्डीगढीका संयोजक मनिकुमार राई, किराया केन्द्रीय सदस्य मनि राई, प्रदेश सदस्य प्रमोदजंग राई, पहिचानवादी युवाहरु सन्तोष राई, गौतम राई, नवीन सुप्तिहाङ, संरक्षक राई, लेखक राई, चक्र राई, ललिता राई, राजेन्द्र राई लगायतको रहेका थिए ।
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीमा सुशिला कन्दङ्वा मेमोरियल पथरीशनिश्चरे चेस (बुद्धिचाल) च्याम्पियनसिप २०८२ सुरु भएको छ…

मोरङ । मोरङको पथरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे गोल्डकप—२०८२ को उपाधिको लागि आय…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपाकिाल १ स्थित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक सा…

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…