• मोरङ । स्थानीय समुदायको विरोधको बाबजुद ताप्लेजुङको मुकुमलुङ .(पाथीभारा)मा केवलकार बनाउन जवरजस्ति भइरहेको विरुद्ध किरात राई यायोक्खाले नारा जुलुस प्रदर्शन गरेको छ । 
    पूर्वी नेपालको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र मुकुमलुङलाई प्राकृतिक रुपमै रहन दिनुपर्ने माग गर्दै लामो समयदेखि आन्दोलन भइरहेको छ । चन्द्र ढकालको कम्पनीले भने केवलकार लगाउन प्रयास गरिरहेको छ । आन्दोलनरत पक्षले भने राज्य शक्तिको दुरपयोग गर्दै जवरजस्ति भए आन्दोलन अझ कडा पार्दै लाने बताउदै आएको छ । 
    कार्तिक २३ गते प्रहरीको ठूलो उपस्थितिमा केवलकार शिलन्यास गर्न खोजेपछि झडप भएको थियो । झडपमा कुखुरी हानाहानहुँदा दुवैपक्ष घाइते भएका छन् । 
    सो बिषयमा किरात राई यायोक्खा झापाले आइतबार .(कार्तिक २५) विर्तामोडमा नारा जुलुससहित विरोध प्रदर्शन गरेको छ । मंसिर २ गते विराटनगर प्रदर्शन बारे यायोक्खा झापा जिल्लाको बैठक राखेको थियो । 
    बैठकमा यायोक्खा संघीय उपाध्यक्ष तिलकप्रसाद राई, महासचिव भीम राई, उपमहासचिव अर्जुन जम्नेली राई, सचिव नगेशचन्द्र राई लगायतको उपस्थिति रहेको थियो । बैठकमा विराटनगर प्रदर्शनमा यायोक्खाको तर्फबाट व्यापक उपस्थितिहुने निर्णय भएको जिल्ला अध्यक्ष गणेश राईले बताए । 
    बैठकपछि सहभागीहरुले मुकुमलुङमा केबलकार—बन्द गर, मुकुमलुङलाई प्रकृतिक रुपमै—रहने, राज्य आतंक—बन्दगर, जनताको आन्दोलन—जारी छ, दलाल चन्द्र ढकाल—होसियार लगायतको नारा लगाउदै विरोध प्रदर्शन गरेका थिए । 
    यायोक्खाले मुकुमलुङमा भइरहेको आन्दोलनको पक्षमा विरोध प्रदर्शन गर्न जिल्लाहरुलाई समेत निर्देशन दिएको महासचिव भीम राईले बताए । 
     

सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…