• मोरङ । मोरङको पथरीशनिश्चरे १० स्थित ओम सियार जम्बुलिङ बज्र गुम्बामा नौ औ अवतारी लामा गुरु टुल्कु रिग्देन रिन्पोछेबाट प्रवचनको साथै ञ्युङ्ने व्रर्त, लामा नाच प्रदर्शन लगायत सप्ताह व्यापी कार्यक्रम हुने भएको छ । 
    नेपाल तामाङ लामा गेदुनको आयोजनामा ओम सियार जम्बुलिङ बज्र गुम्बामा मंसिर २ गतेदेखि सप्ताह व्यापी कार्यक्रमहुने गुम्बा सञ्चालक समितिको सल्लाहकार चन्द्र तामाङले बताए । 
    आयोजक समितिले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमबारे जानकारी गराएको हो । 
    मंसिर २  गते पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापोको प्रमुख आतिथ्यतामा उद्घाटन, बौद्ध मार्गीको अनुशासन .(शिल ग्रहणं), ४८ घण्टासम्म निराहार मौन ध्यान .व्रत (कुक्पां), लामा नृत्य, मानेको उद्घाटन र लामा गुरुबाट प्रवचनहुने भएको हो ।  
    सप्ताह व्यापी कार्यक्रममा बोद्ध धर्म गुरु ९ औंं अवतारी टुल्कु रिग्देन रिन्पोछे, टुल्कु साङ्गे दोर्जे योञ्जन, नेपाल तामाङ लामा गेदुनको संघीय अध्यक्ष पाल्देन योञ्जन लगायतका गुरुहरु आउने कार्यक्रम रहेको बताएका छन् । 
    ञ्युङ्ने व्रत विना आहारा ४८ घण्टा मौन बस्नु पर्ने भएको कारण कठिन हुने गर्दछ । यो व्रर्तले पाप नष्ट, मानसिक समस्या समाधान हुने विस्वास गरिन्छ । 
    लामाहरुले एक दिन लामा नाच प्रस्तुत गर्नेछन् । लामा नाचले मानिस अशान्तबाट मुक्त हुने, भूत विसाच भाग्ने विश्वास गरिन्छ । ञ्युङ्ने व्रत ३ सयभन्दा बढीले बस्ने तयारी रहेको आयोजक चन्द्र तामाङले बताए । 

    यस्तो छ कार्यक्रम

सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…