• मोरङ । संघर्षपूर्ण जित निकाल्दै आयोजक पथरीशनिश्चरे भेट्रान मोरङको पथरीशनिश्चरेमा जारी प्रथम वडा अध्यक्ष भेट्रान गोल्डकप फुटबल प्रतियोगिता—२०८१ को फाइनलमा प्रवेश गरेको छ । 
    आज (मंगलबार) भएको अन्तिम सेमी फाइनल खेलमा आयोजक मोरङ पथरीशनिश्चरे भेट्रान एफसीले सतिसाले केराबारी मोरङलाई टाइवेकरमा ४—२ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । 
    खेल अवधिभर आयोजक टिमको तर्फबाट विक्रम लिम्बू र सानुराजा ग्लानले गोल गरेका थिए । सतिसाले केराबारीको लागि दुबै गोल देउमान लिम्बूले गरेका थिए । आयोजकले दुवै गोल पहिलो हाप र सतिसालेले दोस्रो हापमा गरेका थिए । 
    टाइवेकरमा आयोजक पथरीशनिश्चरेको तर्फबाट अनिल चुडाल, लालबहादुर लिम्बू, बुद्ध चेम्जोङ र सानुराजा ग्लानले गोल गरेका थए । सतिसालेको तर्फबाट निर्मल तामाङ, सुन्दिप लिम्बूले गोल गरेपनि बिनोदकुमार चौधरी र तिर्थबहादुर बस्नेतले प्रहार गरेको गोल पोल बाहिरिएका थिए ।  
    आजको खेलको म्यान आफ द भेट्रान आयोजक पथरीशनिश्चरे भेट्रानका खेलाडी अनिल चुडाल घोषित भए । म्यान आफ द भेट्रानलाई कार्यक्रमको प्रमुख अतिथि शान्ति सामुदायिक वन उपभोक्ता समितिको अध्यक्ष कुलमणी गुरुङ र आयोजक समितिका अध्यक्ष टिकाराम राईको हातबाट प्रदान गरिएको थियो । 
    प्रतियोगिताको फाइनल खेल भोली (मंगलबार)ं आयोजक पथरीशनिश्चरे भेट्रान र उर्लाबारी भेट्रान एफसीवीच हुनेछ । 


     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीमा सुशिला कन्दङ्वा मेमोरियल पथरीशनिश्चरे चेस (बुद्धिचाल) च्याम्पियनसिप २०८२ सुरु भएको छ…

मोरङ । मोरङको पथरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे गोल्डकप—२०८२ को उपाधिको लागि आय…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपाकिाल १ स्थित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक सा…

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…