• मोरङ । मोरङको पथरीशनिश्चरेमा जारी प्रथम वडा अध्यक्ष भेट्रान गोल्डकप फुटबल प्रतियोगिताको आज भएको खेलमा केराबारी सातिसाले मोरङ बिजयी भएको छ । 
    झापाको लखनपुर दमकलाई ० को विरुद्ध ३ गोल गर्दै मोरङ सतिसाले सेमि फाइनलमा प्रवेश गरेको हो । 
    सतिसालेको लागि बिनोद चौधरीले २ र शिवकुमार राईले १ गोल गरेका थिए । खेलको म्यान आफ द भेट्रान बिजेता सतिसाले टिमका निर्मल तामाङ घोसित भए । तामाङलाई कार्यक्रमको प्रमुख अतिथि पथरीशनिश्चरे २ नं. वडा अध्यक्ष नैन राई र आयोजक समितिको अध्यक्ष टिकाराम राईको हातबाट मेडल र नगद पुरस्कार प्रदान गरिएको छ । 
    भोलीको पहिलो सेमि फाइनल खेल उर्लाबारी भर्सेज विराट भेट्रान मोरङवीच हुने खेल कमिसार दीपक पुलामी मगरले बताए । दोस्रो सेमि फाइनल खेल आयोजक पथरीशनिश्चरे र सतिसाले केराबारीवीच हुनेछ । 
     

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…