• मोरङ । मोरङको पथरीशनिश्चरेमा जारी प्रथम वडा अध्यक्ष भेट्रान गोल्डकप फुटबल प्रतियोगिताको आज भएको खेलमा केराबारी सातिसाले मोरङ बिजयी भएको छ । 
    झापाको लखनपुर दमकलाई ० को विरुद्ध ३ गोल गर्दै मोरङ सतिसाले सेमि फाइनलमा प्रवेश गरेको हो । 
    सतिसालेको लागि बिनोद चौधरीले २ र शिवकुमार राईले १ गोल गरेका थिए । खेलको म्यान आफ द भेट्रान बिजेता सतिसाले टिमका निर्मल तामाङ घोसित भए । तामाङलाई कार्यक्रमको प्रमुख अतिथि पथरीशनिश्चरे २ नं. वडा अध्यक्ष नैन राई र आयोजक समितिको अध्यक्ष टिकाराम राईको हातबाट मेडल र नगद पुरस्कार प्रदान गरिएको छ । 
    भोलीको पहिलो सेमि फाइनल खेल उर्लाबारी भर्सेज विराट भेट्रान मोरङवीच हुने खेल कमिसार दीपक पुलामी मगरले बताए । दोस्रो सेमि फाइनल खेल आयोजक पथरीशनिश्चरे र सतिसाले केराबारीवीच हुनेछ । 
     

सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…