• मोरङ । मोरङको पथरी शनिश्चरे वडा नं ३ आइतबारेमा आज महिला जागरुक हरिकिर्तन समूह र सङ्गीनी समूहको संयुक्त आयोजनामा खुल्ला भजन किर्तन प्रतियोगिता सम्पन्न भएको छ ।
    मौलिक संस्कृति जोगाउने उद्देश्यले आयोजित प्रतियोगितामा दीर्घायु हरिकिर्तन मण्डली प्रथम, पशुपति हरिकिर्तन दोस्रो र ज्ञान कुञ्ज हरि किर्तन मण्डली तेस्रो भए । सिद्धेश्वर हरिकीर्तन मण्डलीलाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो । 
    विजेता टिमहरुलाई कार्यक्रमको प्रमुख अतिथि नगर उपप्रमुख देबिमाया काफ्लेको हातबाट नगद ३ हजार, २ हजार, १५ सय, १ हजार र प्रमाणपत्र प्रदान गरिएको थियो । 
    पथरी शनिश्चरे वडा नं ३ कार्यालयको मुख्य सहयोगमा आयोजित सो प्रतियोगितामा नगरका १२ वटा भजन किर्तन टोली सहभागिता जनाएका थिए ।
    महिला जागरुक हरिकिर्तन समुह तथा संगीनी समूहकी अध्यक्ष देवीमाया पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष विजय लिम्बू, ४ का लोककिरण न्यौपाने, वडा नम्बर ८ का अध्यक्ष नवीनजंग कार्की लगायतको उपस्थिति रहेको थियो । 

सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…