• मोरङ । मोरङको पथरीशनिश्चरे—१, स्थित सुनाखरी माविले बुधबार विद्यार्थीहरुलाई चक्लेट र दक्षिणा स्वरुप नगद दिएर शुभकामना व्यक्त गरेको छ । 
    विद्यालयमा दशैको शुभकामना आदान प्रदानसँगै विद्यार्थीलाई चक्लेट र अध्यक्ष प्रदिपकुमार राई, प्रधानाध्यापक भूमिकादेवि मगरले दक्षिणा स्वरुप हरेक विद्यार्थीलाई नगद वितरण गरेका थिए । 
    विद्यालयका शिक्षक बलराम तिम्सिनाको सभापतित्वमा भएको कार्यक्रममा व्यवस्थापन समितिका अध्यक्ष प्रदिपकुमार राई, प्रधानाध्यापक भूमिकादेवि मगरले उपस्थित शिक्षकहरु, अभिाभावक र विद्यार्थीहरुलाई शुभकामना दिएका थिए । कार्यक्रममा विद्यार्थीहरुले दशैको गीतमा नृत्य गरेर मनोरञ्जन प्रदान गरेका थिए । 
    सुनाखरी माविले शैक्षिक गुणस्तर वृद्धि र विद्यार्थी संख्या बढाउन, शिक्षक, अभिावक र विद्यार्थीवीच क्रियाकलाप तिव्र बनाएको छ । कार्यक्रम शिक्षक राजकुमार राईले सञ्चालन गरेका थिए । 


     

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…