• मोरङ । मानव सभ्यताको प्रतिक वाबु (चिन्डो) अंकित विशेष प्रकारको केक काट्नुको साथै शुभकामना आदानप्रदान गरेर मोरङमा किरात राई पत्रकार संघको १७ औं स्थापना दिवस मनाइएको छ । 
    किरात राई पत्रकार संघ मोरङले पथरीशनिश्चरे—१, स्थित साकेला थानमा वाबु अंकित केक काटेर स्थापना दिवस मनाएको हो । 
    संघको जिल्ला अध्यक्ष बिजय खम्बू राईको सभापतित्वमा भएको कार्यक्रममा किरात राई यायोक्खा केन्द्रीय उपमहासचिव तथा फोनिज अनुशासन आयोगको केन्द्रीय संयोजक अर्जुन जम्नेली राई, नेपाल पत्रकार महासंघ मोरङका कार्यबाहक अध्यक्ष मोहन भट्टराई, यायोक्खा मोरङ जिल्ला सचिव काशिहाङ राई लगायतले शुभकामना व्यक्त गरेका थिए । 
    कार्यक्रममा यायोक्खा केन्द्रीय सदस्य तथा मोरङ जिल्ला इन्चार्ज नरहाङ राई, इलाका प्रहरी कार्यालय पथरीका इन्चार्ज डीएसपी मोहनविक्रम दाहाल, नगर स्वास्थ्य प्रमुख मुरारी आचार्य, फोनिज प्रदेश सदस्य अर्जुन कुलुङ राई, पूर्ब प्रदेश उपाध्यक्ष फिपराज बेघा उपस्थिति रहेका थिए । 

    त्यसैगरी किरात राई विद्यार्थी संघका पूर्ब केन्द्रीय संगठन विभाग प्रमुख सञ्जय राई, प्रेस युनियन जिल्ला सदस्य प्रेम केडी भट्टराई, यायोक्खा पथरीशनिश्चरे नगर अध्यक्ष प्रेमकुमार राई लगायतको उपस्थिति रहेको थियो । 
    बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समिति अध्यक्ष डम्बर बाछना राई, स्थानीय युवा समाजसेवी सुमन कुरुम्बाङ, सम्झना राई, छबि ढकाल, भूमिप्रसाद पाठक लगायतका स्थानीय सञ्चार कर्मीहरुको सहभागिता रहेको थियो । 
    सामुहिक रुपमा केक काटेर सुरु भएको कार्यक्रम पश्चात किराती संस्कार अनुसार लोकल भाले कुखुराको वाचिपा र सुपसहितको चियापान भएको आयोजक समितिका अध्यक्ष बिजय खम्बू राईले बताए । 
    स्थापना दिवस केन्द्रीय कार्यालयले काठमाडौं र १ नम्बर प्रदेशको विभिन्न जिल्लाहरुमा मनाइएको सो संगठनले जनाएको छ ।  
     

    स्थापना दिवसमा सहभागी अतिथि तथा सहभागीहरु

     

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…