• भूमिप्रसाद पाठक

    मोरङ । मोरङको बेलबारीमा ‘सातौँ बेलबारी आरजु राईस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप–२०८१’ हुने भएको छ ।
    प्रतियोगिता असोज ११ गतेदेखि १९ गतेसम्म हुने आइतबार एल.एक्स.सिटी फुटबल क्लबले पत्रकार सम्मेलनको आयोजना कार्यक्रम सार्वजनिक गरेको हो ।
    फुटबलको माध्यमबाट बेलबारीलाई चिनाउने उदेश्यले प्रतियोगिता गर्न लागेको नगरप्रमुख दिलप्रसाद राईले बतए । 
    गोल्डकप बिजेता टिमलाई ८ लाख, दोस्रोहुनेलाई ४ लाख रुपैयाँ नगदसहित ट्रफी र मेडल प्राप्त गर्ने प्रदान गरिने एल.एक्स. सिटी फुटबल क्लबका अध्यक्ष  विक्रम राईले बताउनुभयो । यो पुरस्कार राशी मोरङ जिल्लाकै दोस्रो ठुलो भएको आयोजकको दावी छ ।
    हरेक दिन म्यान अफ दि म्याच घोषित खेलाडीलाई ५ हजार, फाइनल खेलमा सर्वोकृष्ट खेलाडी, सर्वोत्कृष्ट गोल रक्षक, डिफेन्स, मिटफिल्डर, सर्वाधिक गोलकर्ता, उदयमान खेलाडी र सर्वोत्कृष्ट प्रशिक्षकलाई पनि पुरस्कृत व्यवस्था गरिएको आयोजकले जनाएको छ । 
    प्रतियोगितामा ६० लाख खर्चहुने अनुमान रहेको आयोजक समितिको अध्यक्ष विक्रम राईले बताए । प्रतियोगिताको लागि बेलबारी नगरपालिकाले १५ लाख रुपैयाँ विनियोजन गरेको र बाँकी रकम संकलन गर्ने बताइएको छ ।
     प्रतियोगिता जित्नेलाई २ तोला सुन, २ तोला ५०० ग्राम चाँदी जडित ८ लाख बराबरको ट्रफी बनाइएको छ । लगातार ३ वर्ष जित्नेले ट्रफि लाने नजितेसम्म सर्कल गराइने भएको छ । 
    ट्रफी पोपिराज राई  र ज्योतिराज राईले आफ्नो बुबा एन.बी. राईको स्मृतिमा बनाइ दिएको पोपिराज राईले बताए । उक्त ट्रफी आजै  नगरप्रमुख दिलप्रसाद राईको उपस्थितिमा खेल आयोजक समितिका अध्यक्ष विक्रम राईलाई हस्तान्तरण गर्नु भएको थियो । 
     

    सहभागीहुने टिमहरु
    प्रतियोगितामा झापा ११ एफसी, एल.एक्स सिटी एफसी,  भोजपुर डीएफए,  ब्रिगेड बोइज काठमाडौँ, सलहेश युथ क्लब सिराहा,  डल्सिङ पारा  एसए भारत, रारा एफसी धनकुटा, बुटवल लुम्बिनी एफसी बुटवल, चितलाङ एफसी काठमाडौँ र नेपाल पुलिस क्लब काठमाडौँ सहित १० टिमले सहभागिहुने आयोजकले जनाएको छ । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे—१ मा स्थापित आरती बहुउद्देश्यीय सहकारी संस्थाले नियम संगत तरिकाले &lsqu…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ मा स्थापित वाल्मीकि मेमोरियल बोडिङ स्कुलले शनिबार नगरमा नयाँ कामको स…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा भएको प्रतियोगितामा गायनमा राज लोहार र नृत्यतर्फ गरिमा मगरले प्रथम पथरीश…

मोरङ । मोरङको कानेपोखरी गाउँपालिकामा सम्पन्न १० औं राष्ट्रिय सिएच आईटिएफ तेक्वान्दो च्यामपियनसिको उपाधी बा…