• तामाङ हत्याको संकास्पद व्यक्ति रविन

    मोरङ । मोरङको पथरीशनिश्चरे ७ का चन्द्रबहादुर तामाङ (६०)ं को हत्या अभियोगमा आफ्नै ज्वाँइ पक्राउ परेको छ । 
    पक्राउ पर्नेमा उनकै वाँई २७ बर्षिय रबिन राई रहेका छन् । उनलाई आज विहान आफन्तको घरबाट धनकुटा मुलघाटबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी प्रमुख डीएसपी मोहनविक्रम दाहालले बताए । 
    चन्द्रबहादुर तामाङ आफ्नै घरमा शनिवार विहान .(असोज ५)ं धारिलो हतियारको काटेर मरेको अवस्थामा छिमेकीहरुले भेटेपछि प्रहरीलाई खबर गरेका थिए । 
    घटना भएको नजिकै धारिलो हतियार दाउ फेला परेको थियो । मृतक तामाङको परिवार वैदेशिक रोजगारीमा गएको कारण आफ्नै ज्वाँई रबिन राईसँगै बस्दै आएका थिए । ससुराको संकास्पद हत्यापछि ज्वाई रविन सम्पर्क बिहिन थिए । 
    संकास्पद रहेका ज्वाँई रबिन राईलाई आज (आइतबारं) विहान १० बजे राति धनकुटाको मुलघाटबाट पक्राउ गरिएको डीएसपी दाहालले बताए ।   
    मृतक तामाङको श्रीमती, छोरी, छोरा वैदेशिक रोजगारीमा छन् ।  घरको अन्य परिवार विदेशमा भएको कारण तामाङकै दुई वटा घरमै मध्ये ज्वाँई र सुसुरा फरक फरक घरमा बस्दै आएका थिए । पक्राउ परेका राईलाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे—१ मा स्थापित आरती बहुउद्देश्यीय सहकारी संस्थाले नियम संगत तरिकाले &lsqu…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ मा स्थापित वाल्मीकि मेमोरियल बोडिङ स्कुलले शनिबार नगरमा नयाँ कामको स…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा भएको प्रतियोगितामा गायनमा राज लोहार र नृत्यतर्फ गरिमा मगरले प्रथम पथरीश…

मोरङ । मोरङको कानेपोखरी गाउँपालिकामा सम्पन्न १० औं राष्ट्रिय सिएच आईटिएफ तेक्वान्दो च्यामपियनसिको उपाधी बा…