• मोरङ । पूर्व प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई शनिबार साँझ मोरङ पथरीशनिश्चरेको पथरीमा कार्यकर्ताले स्वागत गरेका छन् । 
    प्रमुख प्रतिपक्षीको भूमिकामा रहेका अध्यक्ष प्रचण्ड शनिबार सुनसरी र मोरङको पार्टी प्रवेश कार्यक्रमपछि झापा जाने क्रममा पथरीमा कर्यकर्ताहरुले स्वागत गरेको हो । 
    शनिबार साँझ मुख्य सडक स्थित डिपार्टमेन्ट नजिकै माला, खादा लगाएर स्वागत गरेका हुन् । प्रचण्ड गाडिबाट उत्रेपछि उपस्थित कार्यकर्ताहरुले क्रान्ति नायक प्रचण्ड जिन्दावाद, भ्रष्ट्राचार विरुद्धको अभियान जारी छ । नेकपा (माओवादी केन्द्र)ं जिन्दावाद लगायतका नारा लगाएका थिए । 
    कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा मोरङ जिल्ला इन्चार्ज कुशल लिम्बू, केस तथा जिल्ला सह इन्चार्ज लालबहादुर मगर, केस तथा प्रदेश सभा सदस्य गीता तिम्सिना, नगर अध्यक्ष गोबिन्द कटुवाल लगायत करिव तीन सय कार्यकर्ताले स्वागत गरेका हुन् । पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष प्रचण्ड झापा गएको सो संगठनले जनाएको छ । 
     

सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…