• मोरङ । मानव स्वास्थ्य र वातावरणलाई प्रतिकुल असर पार्ने भारतबाट ल्याउदै गरेको प्रतिबन्धित माछा इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरेको छ । 
    मुङ्ग्री भनेर चिनिने ‘क्याट फिस’ मानव स्वास्थ्य र वातारणलाई प्रतिकुल बनाउने भएकोले नेपाल सरकारले पाल्न र खान (सेवान गर्न), विक्री वितरण गर्न प्रतिबन्ध लगाएको छ । 
    भारतबाट ल्याउदै गरेको अवस्थामा मंगलबार ६० किलो क्याट फिस र अखाद्य बस्तु क्याफिन (कुहिन नदिने रसायन) प्रयोग भएको ५० किलो पंगास गरेर ११० किलो माछा इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी मोहनविक्रम दाहालले बताए । 
    अखाद्य बस्तु प्रयोग भएको र मानव स्वास्थ्यमा गम्भीर असर गर्ने माछासहित माछा बोक्न प्रयोग भएको मोटरसाइलसहित मानिस पक्राउ गरेको प्रमुख दाहालले बताए । 
    उक्त माछा पथरीशनिश्चरे नगरपालिका १ नं. वडा अध्यक्ष भीमकुमार राई, पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक बस्नेत, शान्ति सामुदायिक वन उपभोक्ता समितिको अध्यक्ष कुलमणी गुरुङ, पथरी खानेपानी तथा सरसफाइ समितिका अध्यक्ष जय विष्ट, नगरको खाद्य विभागका प्रतिनिधि र सञ्चार कर्मीहरुको उपस्थितिमा जमिनमा गाडिएको प्रहरीले जनाएको छ । 
     

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…