• मोरङ । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) मोरङले आज (आइतबार) वृक्ष रोपन तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरी रजत जयन्ति मनाएको छ । 
    आदिबासी जनजाति पत्रकारहरुको साझा संस्था फोनिज आइतबारदेखि २५ औं वर्ष पुगेको छ । संस्थाको रजत जयन्तिको अवसरमा फोनिज मोरङले पथरीशनिश्चरे १० स्थित पशुपति सामुदायिक वन उपभोक्ता समितिको वन क्षेत्रमा फलफूल लगायत विभिन्न प्रजातिको विरुवा रोपेको हो । 
    फोनिज मोरङका जिल्ला अध्यक्ष दिनेश सुब्बाको सभापतित्वमा भएको कार्यक्रममा सगठनको संघीय अनुशासन आयोगको संयोजक अर्जुन जम्नेली राईको प्रमुख अतिथ्यतामा भएको हो । 
    कार्यक्रममा प्रमुख अतिथि जम्नेली, नेपाल पत्रकार महासंघ मोरङ जिल्लाको कार्यबाहक अध्यक्ष मोहन भट्टराई, फोनिज प्रदेश समितिको सल्लाहकार फिपराज बेघा, पशुपति समुदायिक वन उपभोक्ता समितिका अध्यक्ष पुष्पबहादुर शाही लगायतले शुभकामना दिएका थिए । 
    आयोजक समितिको सचिव अनिल श्रेष्ठद्वारा सञ्चालन भएको कार्यक्रम उपाध्यक्ष अशोक गुरुङले स्वागत मन्तव्य राखेका थिए । 
    फोनिजको २५ औं स्थापना दिवस संघीय समिति काठमाडौं, युरोप, अमेरिका, नेपालको हरेक प्रदेश र जिल्लाहरुमा विभिन्न कार्यक्रम गरेर मनाइएको प्रमुख अतिथि अर्जुन जम्नेली राईले बताए । 
    शुभकामना दिने क्रममा राईले आम पत्रकारहरुलाई व्यवसायिक र भौतिक सुरक्षा चुनौती कायम रहेको प्रसंश उल्लेख गर्दै राज्य गम्भीर हुनुपर्ने बताए । 
    एक अर्को प्र्रशंगमा राईले राजनीतिक पार्टीहरु विचार, दर्शन, सिद्धान्तलाई तिलान्जली दिएर भ्रष्ट्राचारको दलदलमा फस्दै गएको, पद र पैसाको लागि जे पनि गर्नुपर्ने शन्देस प्रबाह गरिरहेको आरोप लगाउदै जनता सचेत बन्नु पर्ने बताएका छन्् । राईले प्रदेश नं. १ को नाम कोशी खारेजी गरेर पहिचानको आधारमा पुन नामकरण गरिए मात्र शान्ति कायमहुने दाबी गरे । 
    शुभकामना आदानप्रदान पछि उपस्थित पत्रकारहरु तथा पशुपति सामुदायिक वन उपभोक्ता समितिका उपाध्यक्ष बालकुमार मगर, सचिव, कोषाध्यक्ष, सल्लाहकार लगायतको सहभागितामा वृक्ष रोपन गरेका छन् । 
    फोनिजको कार्यक्रम पश्चात पथरीशनिश्चरे नगरमा सञ्चार ग्रम स्थापित गर्ने गरी जग्गा व्यवस्थापन गर्न १० नं. वडा अध्यक्ष जीवन खतिवडासँग भेटेर छलफल गरेका छन् । इलाइबेरी, समाचार कक्षा, पत्रकार सम्मेलन लगायतको सञ्चार कर्मी र नगरबासीको सहजताको लागि सञ्चार ग्राम स्थापित गर्न पहल गर्न आफ्नो तर्फबाट सहयाग गर्ने वडा अध्यक्ष खतिवडाले प्रतिबद्धता व्यक्त गरेका छन् । 


     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीमा सुशिला कन्दङ्वा मेमोरियल पथरीशनिश्चरे चेस (बुद्धिचाल) च्याम्पियनसिप २०८२ सुरु भएको छ…

मोरङ । मोरङको पथरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे गोल्डकप—२०८२ को उपाधिको लागि आय…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपाकिाल १ स्थित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक सा…

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…