• मोरङ । धरान घट्ना बारे प्रदेश नं. १ पुन नामकरण संयुक्त संघर्ष समितिले चासो राख्दै प्रशासन प्रमुखहरु र बन्दीलाई भेटेका छन् । 
    कोशी नाम खारेजी गरेर पहिचानको आधारमा पुन नामकरण गर्न माग गर्दै आएको संयुक्त संघर्ष समितिले धरान घट्ना बारे साचो बढाएको हो । 
    सुनसरी धरानकी एक महिलाले धरानमा बस्ने छात्राहरु वेश्य वृतिमा लागेको भनेर दिएको अभिव्यक्तीको विवादित भिडियो सार्वजनिक भएपछि आम महिलाहरु आक्रोसित छन् । ती महिला विरुद्ध उजुरी दिदा प्रशासनले चासो नदेखाएपछि गुनासो झनै बढेको थियो । 
    विद्यार्थीलाई वेश्य वृति गरेको भन्ने ती महिलालाई धरान बीपी अस्पतालमा आक्रोशित महिलाहरुले साउन २ गते अभद्र व्याबहार गरेका थिए । सोही दिन ती महिला माथि अभद्र व्यावहार गरेको आरोपमा पाँच जना र पछि चार गरी नौ जनालाई प्रहरीले पक्रेर जिल्ला प्रहरी कार्यालय इनरुवामा राखिएको छ । 
    पक्राउ पर्ने समीर तामाङ, सिर्जना बेघा, चन्द्रकला थेवे, मुना राई, 
    प्रमिला राई, शर्मिला राई,  शर्किनी थापा मगर, पूर्ण बान्तवा राई र सङ्गीता राईलाई जिल्लाा प्रहरी कार्यालयको हिरातमा पहिचानवादी नेताहरुले भेटेका हुन् । 
    पक्राउ परेका व्यक्तिहरुलाई १० दिनसम्म नछाडेको, पहाडबाट आएका छात्राहरु वेश्य वृतिमा लागेको भन्ने व्यक्तिलाई के भइरहेको छ भन्ने .बारे बुझन नेताहरु इनरुवा र धरान पुगेका हुन् । 
    पहिचानसहितको पुन नामकरण अभियान समितिको संयोजक डकेन्द्रसिंह थेगिम लिम्बू, रामभक्त कुरुम्बाङ, किरात राई यायोक्खा केन्द्रीय उपमहासचिव अर्जुन राईले शनिवार प्रदेश प्रहरी प्रमुख डीआइजी चन्द्रकुबेर खापुङ, सुनसरी प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारी, जिल्ला प्रहरी प्रमुख एसपी बिपिन रेग्मीलाई भेटेर घट्नाको जानकारी र बन्दी रिहाइको प्रयास गरेका हुन् । 
    पक्राउ पर्ने व्यक्तिहरु अधिकांश पहिचानको आन्दोलनको नेता, कार्यकर्ताहुन् । प्रशासन प्रमुखसँगको भेटपछि धरान पुगेर पहिचानको आन्दोलनका नेताहरु जेन्टल लावती, तीताराम राई, मेयर हर्क साम्पाङ समर्थक नेतृ मिना सिंघक लगायतसँग भेट गरेर जानकारी लिएका थिए । बन्दी रिहाइको माग गर्दै धरानको भानु चोकमा दैनिक ३ बजेदेखि आन्दोलन भइरहेको छ । 
    तत्काल बन्दीको रिहाइ र धरानका आम महिलाहरुलाई आरोप लगाउने महिलालाई कारबाही नगरे अझ कडा आन्दोलन गर्ने चेतावनी दिदै आएको छ । 
    धरानमा भइरहेको बिभिन्न प्रकारको क्रियाकलाप र अभिव्यक्तिहरु बारे सचेतता पूर्ण हेरिरहेको भन्दै पछिल्लो घट्ना बारे प्रदेश नं. १ पुन नामङ्कन संयुक्त संघर्ष समितिमा छलफल भइरहेको छ । थुनामा रहेका समीर तामाङ, सिर्जना बेघा लगायतका कार्यकर्ताहरु पहिचानको आन्दोलनमा लाग्दै आएका युवाहरु हुन् । 
    संघर्ष समितिले प्रदेश सरकार र संसदले समस्या समाधान नगरे आगामी मंसिर २ गतेदेखि नयाँ चरणको आन्दोलन थाल्ने निर्णय गरेर तयारीमा लागेको छ । आन्दोलनको तयारी भइरहेको बेला धरानमा पटक पटकको घट्ना गम्भीरता पूर्बक हेरिरहेको पहिचानवादी नेता रामभक्त कुरुम्बाङले बताए । 

     

सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…