• मोरङ । मोरङको उर्लाबारी—५ स्थित अरनिको अस्पतालमा कार्यरत ३५ बर्षिय डाक्टर मनिषकुमार यादव बिहिबार विहान मृत अवस्थामा भेटिएका छन् ।
    अस्पताल पछाडि डेराकम बस्दै आएका डाक्टर कोठामै मृत अवस्थामा भेटिएको हो ।
    विहान अवेरसम्म कोठा नखुलेपछि अस्पताल, छरछिमेकी सबै भएर बोलाउदासमेत नबोलेपछि प्रहरी बोलाइएको थियो । कोठा भित्रबाट चुकुल भएको कारण प्रहरी आएर घर डा. यादवको परिवारमा सम्पर्क गरेका थिए । यादवको भेना आएपछि प्रहरी, मृतकको भेना सबैभएर करिव विहान ८ बजे ढोका जबरजस्ति खोल्दा मृत अवस्थामा भेटिएको अरनिको अस्पतालका अध्यक्ष लोलिम पोमुले बताए । 
    डा. यादव अस्पतालकै पछाडिको घरमा डेरा भाडामा बस्दै आएका थिए । धनुषा औरही गाउँपालिका—१ का यादब डेढ बर्षदेखि अरनिको अस्पतालमा अल्ट्रासाउण्डतर्फ काम गर्दै आएका थिए । मृतक डाक्टरको शव आफन्तले पोष्टमार्टमका लागि धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । 
    मानसिक रोगको औषधि सेवन गर्दै आएका डा. यादव केही दिन अगाडिदेखि एक्लै बस्दै आएका थिए । अविबाहित डाक्टर यादवले झुक्किएर औषधि डबल खाएको हुनसक्ने प्रारम्भिक अनुमान छ । यद्यपि औषधि डबल जोडहुँदा कतिसम्म असर हुन्छ घट्नाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । 
     

सम्वन्धित समाचार

मोरङ । थारु महिलाहरुले मनाउने जितिया चाड विभिन्न मनोरञ्जन तथा शुभकामना आदानप्रदान गर्दै आज भव्य रुपले सम…

मोरङ । पथरीमा फुटबल रंगशाला निर्माण गर्ने लगायतको प्रस्तावहरु पारित गर्दै मोरङको पथरीशनिश्चरेमा स्थापित शा…

पथरी । एभरेष्ट अंग्रेजी बोडिङ स्कुल मोरङको पथरी शनिश्चरे नगर स्तरीय अन्तर विद्यालय हिज्जे प्रतियोगितामा प्रथम…

मोरङ । नेपालमा मिस ग्लोब जितेर विश्व सुन्दरी प्रतियोगिता भिड्न जाँदै गरकी मोरङ पथरीशनिश्चरे नगरकी रिजु भट्…