• मोरङ । लिम्बुवान स्वयत्तता स्थापित गरेर जाने बारे मोरङको उर्लाबारीमा सोमबार अन्तरक्रिया कार्यक्रम समापन भएको छ । 
    संघीय लिम्बुवान राज्य परिषदको आयोजनामा चामाथुङ्मा होटलमा भएको अन्तरक्रिया कार्यक्रममा लिम्बुवान स्वायत्तता कायम गर्नुपर्ने वक्ताहरुले बताएका थिए । 
    लिम्बुवान राज्य परिषदको संयोजक सुबास खजुमको सभापतित्वमा भएको कार्यक्रममा लिम्बुवान सर्वपक्षीय सर्वपक्षीय गोलमेच सम्मेलनको संयोजक राजकुमार पालुङ्वा प्रमुख अतिथि रहेका थिए । गोलमेच सम्मेलन साझा संगठन हो । कार्यक्रममा रामप्रसाद धिमाल .(बाङ्गाई)ं लगायतले बोलेका एि । 
    वक्ताहरुले लिम्बुवान र तत्कालीन गोरखा राज्यको संम्झौतामा रहेको बुँदा अनुसार लिम्बुवान स्वायत्तता स्थापित गर्न लाग्नुपर्ने बताए । सुबास खापुङ तत्कालीन संघीय लिम्बुवान राज्य परिषदको संयोजक सञ्जुहाङ पालुङ्वा राष्ट्रिय जनमुक्ति पार्टीमा एकता गरेपछि खापुङले यो संगठन पुन गठन गरेको हो । कार्यक्रमको प्रमुख अतिथि राजकुमार पालुङ्वा लिम्बुवान मुक्ति मोर्चा संघीयवादीको संयोजक हुन् । 
     

सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…