• मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकाको १ नं. वडा कार्यालयले आज एक महत्वपूर्ण कार्यक्रमको आयोजना गरी आगामी पाँच वर्षको आवधिक विकास योजना निर्माणको लागि छलफल मार्फत सुझाब पेश गरेको छ । 
    वडा अध्यक्ष भीमकुमार राईको अध्यक्षतामा सम्पन्न भएको यस कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, स्थानीय उद्योगी व्यवसायी र वडा कार्यालयका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
    कार्यक्रममामा पथरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष धनकुमार तामाङ, नेकपा एमाले वडा समिति प्रदिप राई, नेपाली कांग्रेसका सुमन बि।क।, नेकपा (एकीकृत समाजवादी) का धनप्रसाद साम्बा, राष्ट्रिय स्वतन्त्र पार्टीका मोहनकुमार श्रेष्ठ, पथरी कृषि बजार समिति अध्यक्ष राजेन्द्र गुरुङ लगायतको उपस्थिति रहेको थियो । 
    योजना निर्माणको लागि पथरीशनिश्चरे नगरपालिकाले सार्प स्टडी रिसर्च सेन्टरलाई जिम्मेवारी दिएको थियो । सेन्टरका अनुसन्धानकर्ताहरू राज पोख्रेल र प्रकाश पाण्डेले कार्यक्रममा विवरण प्रस्तुत गरेका थिए ।
    कार्यक्रममा बोल्दै वडा अध्यक्ष राईले पञ्चवर्षीय योजनाले वडाको समग्र विकासमा टेवा पुग्ने बताए । नगरको सभा हलमा भएको कार्यक्रम वडा सचिव मित्रकला चापागाईले सञ्चालन गरेका थिए । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीमा सुशिला कन्दङ्वा मेमोरियल पथरीशनिश्चरे चेस (बुद्धिचाल) च्याम्पियनसिप २०८२ सुरु भएको छ…

मोरङ । मोरङको पथरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे गोल्डकप—२०८२ को उपाधिको लागि आय…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपाकिाल १ स्थित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक सा…

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…