• मोरङ । पहिचावादी नेता कमल छाराहाङको आज मोरङको पथरीशनिश्चरे—३ थोक्फेला पाङ्बेमा ७१ औ जन्म जयन्ति मनाइएको छ ।
    लिम्बुवान सर्वपक्षीय गोलमेच सम्मेलन समितिको आयोजनामा स्वर्गीय छाराहाङको जन्म जयन्ति मनाएको हो । 
    लिम्बुवान आन्दोलनको सर्वोच्च नेता छाराहाङ नेपालमा संघीयता र पहिचानको आधारमा प्रदेशको नामकरण हुनुपर्ने पक्षको खरो विचारक थिए । जनमुक्ति पार्टीमा लामो राजनीति गरेका छाराहाङ, लिम्बुवान आन्दोलनमा आफै सडक उत्रिने संघर्षशील सक्रीय नेता थिए । 
    २०१० सालमा जन्मिएका कमल छाराहाङ मुटुको समस्याको कारण २०७३ मा मृत्यु भएको थियो । अनुयायीहरुले पथरीशनिश्चरे—३, थोक्फेला पाङ्बे चोकमा कमल छाराहाङको अर्ध कदको शालिक राखेका छन् । 
    सोही शालिक भएको स्थानमा ७१ औंं जन्म जयन्ति मनाएको हो । डम्बर नेम्वाङ लिम्बूको सभापतित्वमा भएको कार्यक्रममा बाङ्गाई धिमाल, अर्जुन जम्नेली राई, छाराहाङको जेठा छोरा राजन छाराहाङ, प्रेम थुलुङ राई, श्रीप्रसाद तुम्बापो लगायतले विचार राखेका थिए । 
    बक्ताहरुले छाराहाङ पहिचानवादी विचारको महान नेता भएको बताएका थिए । छोरा राजन छाराहाङले आफूले थाहा पाएदेखि नै बुवा कमल छाराहाङ संघीय गणतन्त्र स्थापना र पहिचानको लागि लागि परेको बताए । कार्यक्रम सुरुहुनु अघि छाराहाङको शालिकमा माला अर्पण गरिएको थियो । 
    पथरीशनिश्चरे ३ मा राजकुमार पालुङ्वा, राज पयाङ्गु लगायतका सक्रीय नेता, कार्यकर्ताहरु छाराहाङको विचारलाई प्रचार प्रशारमा लागिरहेका छन् । 
     

सम्वन्धित समाचार

काठमाडौं ।  काठमाडौंमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी भएको छ । मंगलबार बिहान साढे ८ बजेदेखि लागू…

मोरङ । थारु महिलाहरुले मनाउने जितिया चाड विभिन्न मनोरञ्जन तथा शुभकामना आदानप्रदान गर्दै आज भव्य रुपले सम…

मोरङ । पथरीमा फुटबल रंगशाला निर्माण गर्ने लगायतको प्रस्तावहरु पारित गर्दै मोरङको पथरीशनिश्चरेमा स्थापित शा…

पथरी । एभरेष्ट अंग्रेजी बोडिङ स्कुल मोरङको पथरी शनिश्चरे नगर स्तरीय अन्तर विद्यालय हिज्जे प्रतियोगितामा प्रथम…