• मोरङ । अन्डर—१५ प्रदेश स्तरीय बुद्धिचाल प्रतियोगिता सुक्रबार इलाम सदरमुकाममा सुरु भएको छ । 
    बुद्धिचाल संघ प्रदेश समितिको आयोजनामा भएको प्रदेश छनौट प्रतियोगितामा जिल्लाबाट जितेर आएका छात्र १४ र छात्रा १४ जना सहभागी भएको आयोजकले जनाएको छ । 
    सुक्रबार भएको तीन राउण्डको खेलमा छात्रा तर्फ खुशी श्रेष्ठ र प्रबिशा दवाडी समान ३ अंकसहित शीर्ष स्थानमा छ । मोरङ जिल्ला प्रथम भएर प्रदेश स्तरीय प्रतियोगिता खेलिरहेको पथरीशनिश्चरे स्थित एभरेष्ट स्कुलकी सेम्रिल राई र जिल्लाबाट दोस्रो भएर गएका पथरीशनिश्चरेकै किर्तिपुर एकेडेमीका समिरा राई समान २÷२ अंकसहित प्रतिष्पर्धामा रहेको कोच पुकार राईले बताए । 
    त्यसैगरी छात्रतर्फको खेलमा अर्पण भट्टराई र महेश दवाडी समान ३÷३ अंकसहित अगाडी रहेका छन् । पाँच राउण्डको खेलमा भोली २ राउण्ड हुने आयोजक समितिले जनाएको छ । प्रदेशबाट ४ छात्रा र ४ छात्रा केन्द्रीय प्रतियोगिता खेल्न छानिने बताइएको छ । 
     

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…