• मोरङ । नेपाल  आदिवासी  जनजाति महासंघ पथरीशनिश्चरे नगर समितिले आर्थिक बर्ष २०८१÷०८२ को नीति कार्यक्रम तथा बजेट बनाउदा आदिबासी जनजाति समुदायलाई ख्याल गर्न माग गरेको छ ।
    महासंघको नगर समिति अध्यक्ष देबेन्द्र वनेम लिम्बूको नेतृत्वमा गएको टोलीले नगरको बजेट बनाउदा आदिबासी जनजाति समुदायको भाषा, लिपी, संस्कार संस्कृति, मौलिक सिप, क्षमता अभिवृद्धिलाई ख्याल गर्नुपर्ने माग गरेका हुन् । 
    मातृभाषा ऐन निर्माण, मातृ भाषाको  शिक्षाको प्रबद्र्धन, संस्कृतिको बिकास, सीप बिकास, लोक सेवा तयारी लगायतको लागि डेढ करोडको बजेट बिनियोजना गर्न माग गरेका छन् । 
    ज्ञापन पत्र पथरीशनिश्चरे नगर उपप्रमुख देवीमाया काफ्ले र प्रमुख प्रशासकीय अधिकृत शशि राईलाई संयुक्त रुपमा बुझाएका हुन् । 
    कार्यक्रममा महासंघको पूर्ब नगर अध्यक्ष  हेमभक्त गुरुङ, बर्तमान उपाध्यक्ष  राजेन्द्र  गुरुङ, सचिव कला मगर, कोषाध्यक्ष मिना भुजेल, नेपाल तामाङ  घेदुङका निबर्तमान महासचिव काजिमान थिङ लगायतका जातीय संस्थाका नेताहरु कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रममा करिव ५० जना सहभागिता रहेका थिए । 
     

    परियोजना प्रस्ताव लेखन तालिम समापन
    आदिबासी जनजाति महासंघ पथरीशनिश्चरे नगर समितिको आयोजनामा भएको पाँच दिने प्रस्ताव लेखन तालिम आइतबार समापन भएको छ । पथरीशनिश्चरे—१० स्थित सिरिजंङ्गा स्मृति धार्मिक वनमा रहेको भवनमा भएको तालिममा काजिमान थिङले सहजिकरण गरेका थिए । सहभागीहरुलाई नगर उपप्रमुख देवीमाया काफ्लेको हातबाट प्रमाणपत्र प्रदान गरिएको थियो । समापन कार्यक्रममा किरात राई यायोक्खा संघीय उपमहासचिव अर्जुन जम्नेली राई, नेपाल पत्रकार महासंघ मोरङका कार्यबाहक अध्यक्ष मोहन भट्टराई लगायतको उपस्थिति रहेको थियो । महासंघको आयोजनामा ३० दिने सवारी चालक तालिम भइरहेको छ । 


     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीमा सुशिला कन्दङ्वा मेमोरियल पथरीशनिश्चरे चेस (बुद्धिचाल) च्याम्पियनसिप २०८२ सुरु भएको छ…

मोरङ । मोरङको पथरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे गोल्डकप—२०८२ को उपाधिको लागि आय…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपाकिाल १ स्थित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक सा…

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…