• मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा रहेका विद्यार्थी संख्या कम भएको १३ वटा विद्यालयहरुलाई कक्षा घटुवाहुने पत्र दिइएको छ । 

    पथरीशनिश्चरे नगर शिक्षा बिभागले आउने शैक्षिक सत्रसम्ममा विद्यार्थी संख्या नबढे कक्षा घटुवाहुने पत्र प्रदान गरिएको नगरका शिक्षा बिभाग प्रमुख सालिग्राम काफ्लेले जानकारी दिएका छन् । 

    यसरी घटुवाको पत्र पाउनेहरुमा २ वटा माध्यामिक तह, १० वटा आधारभूत विद्यालय (कक्षा १—८) र एउटा संस्कृत विद्यालय रहेका छन् । 

    वडागत हिसावले हेर्दा घटुवाको पत्र पाउनेहरुमा वडा नं. १ बाट एउटा, २ नं. वडाका २, ३ बाट १, वडा नं. ४ बाट २ वटा, ५ नं. वडाबाट १, ६ नं. वडाबाट ३ वटा, ७, ८ र ९ नं. वडाबाट १—१ वटा विद्यालय रहेका छन् । 

    पथरीशनिश्चरेमा २७ वटा विद्यालय, ३ वटा बालबिकास केन्द्र र एउटा संस्कृत पाठशाला गरे ३१ वटा सरकारी शैक्षिक संस्थाहरु रहेका छन् । उक्त विद्यालयहरुमा तग शैक्षिक सत्रको तथ्याङ्क अनुसार ९ हजार ७३८ जना विद्यार्थीहरु अध्ययनरत रहेको क्षिक्षा अधिकृत नवीन खुलाल बुढाथोकीले जानकारी दिए । 

    नगरपालिकामा रहेका विद्यालयहरुको कक्षा १—५ मा १६४ जना सरकारी कोटाका शिक्षक रहेका छन्, कक्षा ६—८ मा ५१ जना, ९—१० मा ३४ र  ११—१२ कक्षामा १५ जना गरी नगरभरी २६४ जना शिक्षक रहेको शिक्षा शाखाका अधिकृत नवीन खुलाल बुढाथोकीले जानकारी दिए ।
    विद्यार्थी संख्या कम भएका विद्यालयहरुमा यस बर्ष कक्षा १—३ सम्ममा ६० जना, १—५ मा १०० जना, ६—८ मा ६० र ९—१० कक्षामा कम्तिमा ४० जना विद्यार्थी हुनुपर्ने र नभएमा आउने शैक्षिक सत्रबाट कक्षा घटुवा गरिने पत्र बुझाइएको शिक्षा शाखा प्रमुख सालिग्राम काफ्लेले बताए । वडा नं. ४ को सिद्धार्थ आविमा विद्यार्थी संख्या कम भएको कारण यसै बर्षदेखि ५ बाट घटाएर ३ सम्म मात्र पठन पाठन गर्न घटुवाको पत्र दिइएको शिक्षा विभागले जनाएको छ । अन्य विद्यालयहरुलाई केही हप्ता अघि तोकिएको विद्यार्थी संख्या नपु¥याए घटुवा गरिने पत्र दिइएको हो ।  

    विद्यार्थी संख्या कम भएर कक्षा घटुवाको पत्र पाउने विद्यालयहरु

    क्र.सं   विद्यालयको नाम वडा नं.
    १) सरस्वति आवि—२
    २) विस्वनाथ संस्कृत पाठशाला—२
    ३) सामाजिक आवि—३
    ४) जनकल्याण आवि—४
    ५) सिद्धार्थ आवि—४
    ६) जनता आवि—५
    ७ं) दुर्गा आवि—६
    ८) शिक्षा सदन आवि—६
    ९) सहिद रामलक्ष्यमण आवि—६
    १०ं) मिलन आवि—८
    ११) सिरिजंङ्गा आवि—९
    १२ं) सुनाखरी मावि—१
    १३ं) दुर्गा मावि—७

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीमा सुशिला कन्दङ्वा मेमोरियल पथरीशनिश्चरे चेस (बुद्धिचाल) च्याम्पियनसिप २०८२ सुरु भएको छ…

मोरङ । मोरङको पथरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे गोल्डकप—२०८२ को उपाधिको लागि आय…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपाकिाल १ स्थित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक सा…

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…