• मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकाले आर्थिक बर्ष २०८१÷०८२ को लागि बजेट नीति तथा कार्यक्रम ल्याउन अघि सुझाव संकलन गरिरहेको छ । 

    यसैक्रममा मंगलबार सञ्चारकर्मीहरुसँग सुझाव लिएको हो । पथरी शनिश्चरे नगरपालिकालाई आधार बनाएर सञ्चार क्षेत्रमा कार्यरत पत्रकारहरुसँग सुझाव संकलन गरेको हो । 
    नगर प्रमुख मोहन तुम्बापो, उपप्रमुख देविमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत शशि राई, लेखा अधिकृत पिताम्बर वस्ति, योजना शाखाका लुकनाथ पोख्रेल, सूचना सम्पादक सन्तोष राई, लेखापाल गुणराज थापा लगायतको उपस्थितिमा सञ्चारकर्मीहरुसँग सुझाव संकलन गरेका थिए । 

    सञ्चारकर्मीहरुले बजेट तथा नीति कार्यक्रममा खाद्यन्न उत्पादन, स्वरोजगार, क्षमता अभिवृद्धि, वातावरणीय सरसफाइ समेत ध्यान दिनुपर्ने सुझाव पेस गरेका छन् । शिक्षा, स्वास्थ्य, कृषि र पूर्बाधार निर्माणमा सन्तुलित रुपमा बजेट ल्याउन र योजना अनुगमण प्रभावकारी बनाउन पत्रकारहरुले सुझाव पेस गरेका छन् । 

    कार्यक्रममा नेपाल पत्रकार महासंघ मोरङ शाखाका कार्यवहाक अध्यक्ष मोहन भट्टराई, फोनिज संघीय अनुशासन आयोगको संयोजक अर्जुन जम्नेली राई, सञ्चारकर्मी केशव निरौला, फिपराज बेघा, दिनेश सुब्बा, बिजय खम्बू, छवि ढकाल, भुमिप्रसाद पाठक, प्रेम केडी लगायत सहभागी रहेका थिए ।

    नगरले यस अघि बिभिन्न संघ, संस्थाहरुसँग सुझाव लिएको र राजनीतिक दलका स्थानीय नेताहरुसँग समेत सुझाव लिने कार्यक्रम रहेको प्रमुख प्रशासकीय अधिकृत शशि राईले बताए । 
     

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…