• सम्मानित प्रधान सम्पादक अर्जुन जम्नेली राई

    मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका १ नं. वडा कार्यालयद्वारा रातोकलम अनलाइनको प्रधान सम्पादक अर्जुन जम्नेली राई सम्मानित हुनुभएको छ । 

    पथरीशनिश्चरे नगरपालिका—१ नं. वडालाई आधार बनाएर समाज र राष्ट्रमा योगदान पु¥याउदै आएकोमा नगरको सम्पदाको रुपमा सम्मान गरिएको वडा अध्यक्ष भीमकुमार राईले बताउनु भयो । सम्मानित जम्नेली नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) केन्द्रीय अनुशासन आयोगको संयोजक, सोही संस्थाको १ नं. प्रदेश र मोरङ जिल्ला समितिको पूर्ब अध्यक्ष हुनुहुन्छ । 

    प्रधान सम्पादक राई पथरीशनिश्चरे नगरपालिकाले २०७८ सालमा अग्रज पत्रकारको रुपमा मुहारचित्र (पेन्टिङ)सहित सम्मान गरेको थियो । त्यसैगरी नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) मोरङले २०७८ मा, किरात राई पत्रकार संघ सुनसरीले २०६८ सालमा सम्मान गरेको थियो । 

    त्यसैगरी सी.एम.कन्दङ्वा स्मृति कोष पथरीशनिश्चरेले २०७९ मा शुशिला कन्दङ्वा पत्रकरिता राष्ट्रिय सम्मान, किरात राई यायोक्खा मोरङले २०७९ र लर्ड बुद्ध बचत तथा ऋण सहिकारी संस्थाले २०७९ सम्मान गरेको थियो । प्रधान सम्पादक राईलाई जनविद्रोह दैनिक, औजार दैनिक लगायत लगायत दर्जनौ संघ, संस्थाद्वारा सम्मानित भइसक्नु भएको छ । 

    प्रधान सम्पादक राई किरात राई यायोक्खा वर्तमान केन्द्रीय उपमहासचिव, नेपाल पत्रकार महासंघ मोरङको पूर्ब जिल्ला समिति सदस्य, केन्द्रीय पार्सद, सञ्चार क्लव उर्लाबारीको वर्तमान सल्लाहकार, किरात राई विद्यार्थी संघको पूर्ब केन्द्रीय अध्यक्षसमेत हुनुहुन्छ । समाजशास्त्रमा स्नातकोत्तर राई प्रदेश सरकारबाट नमुना घोषित विद्यालय मोरङ पथरीशनिश्चरे स्थित पञ्चायत माविमा ११ र १२ कक्षामा अध्यपन गराउदै आउनुभएको छ । 
     

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…