• मोरङ । मोरङको पथरीशनिश्चरेमा प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल गोल्डकप प्रतियोगिता हुने भएको छ । 
    पथरी—११ फुटबल क्लवको आयोजनामा जेठ १२ देखि २१ गतेसम्म ‘प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण पथरीशनिश्चरे फुटबल गोल्डकप प्रतियोगिता—२०८१’ हुन लागेको हो । 
    आयोजक पथरी—११ ले आज (बिहिबार) पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी गराएको हो । प्रतियोगितामा ‘ए’ भिडिजनको चारसहित ९ र भारतको एक गरी १० वटा टिम सहमागी गराइने आयोजक समितिको संयोजक सुमन बिकले बताए । 
    प्रतियोगितामा प्रथम र दोस्रो हुने टिमलाई क्रमस ४ र २ लाख नगद, ट्रफी र प्रमाण पत्र प्रदान गरिने आयोजक समितिको सचिव मणि लुम्फुवा लिम्बुले बताए । 
    पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका क्षेत्रीय सभापति गणेश खड्का, स्थानीय युवा नेता विक्रम लिम्बू, समाजसेवी गीतकार गणेश थक्लुङ लिम्बूले शुभकामना दिएका थिए । 
    पत्रकार सम्मेलनमा पथरीशनिश्चरे नगरबाट खेलको बिकास गर्दै ‘ए’ भिडिजन क्लवमा खेलिरहेका फुटबलर साइमन लिम्बू, मिन धिमाल, पूर्ब खेलाडीहरु जोन सुब्बा, आयोजक समितिको कोषाध्यक्ष टाववन राई, रोशन पराजुली, रोशन मादेम्बा लगायतको उपस्थिति रहेको थियो । 
    गोल्डकप सम्पन्न गर्न ४० लाख ८५ हजार अनुमानि आम्दानी र खर्च विवरणसमेत प्रस्तुत भएको छ । पथरीमा यस अघि दुई वटा गोल्डकप फुटबल प्रतियोगिता र दुई वटा पथरीशनिश्चरे नगर स्तरीय फुटबल प्रिमियर लिग भएको थियो । 
    फुटबलसँगै पथरीमा नगर स्तरीय क्रिकेकेट लिग र बुद्धिचाल (चेस)को राष्ट्रिय स्तरको प्रतियोगिता हुँदे आएको छ । 
     

सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…