• मोरङ । मोरङको पथरीशनिश्चरेमा स्थापित शान्ति सामुदायिक वन उपभोक्ता समूहले नयाँ समिति आएपछि पाँच महिनाको प्रगति विवरण सार्वजनिक गरेका छन् । 
    समूहका अध्यक्ष कुलमणी गुरुङको नेतृत्वमा आएको समितिले बिहिबार नयाँ बर्षको शुभकामनासहित प्रगति विवरण सार्वजनिक गरेका हुन् । 
    पथरीशनिश्चरे १ नं. वडाका वडा अध्यक्ष भीमकुमार राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नयाँ समिति आएपछिको काम, आम्दानी र खर्च हिसावसमेत सार्वजनिक गरेका छन् । कार्यक्रमको प्रमुख अतिथि वडा अध्यक्ष राईले नयाँ बर्ष र समूहको उन्नति प्रगतिको शुभकामना दिएका थिए । 
    समूहको गत मंसिर २३ गते निर्वाचन भएको थियो । निर्वाचनपछि आएको समितिले विश्व सिमसार दिवस भब्य रुपले मनाएको, उपभोक्तालाई लगाएको लेबि रकम छुट गरेको, बिभिन्न कारण छुटेका सदस्यहरुलाई नवीकरण गरेको, शौचालय मर्मत गरेको, आउने सभाले अनुमोदन गर्नेगरी विधान संशोधन गरेको, चिचिरी गेन्द्रो महोत्सवलाई सहयोग पु¥याएको उल्लेख छ । 
    साधारण सभाले निर्णय गरेको बर्षौदेखि थन्किएर बसेको ट्याक्टर कवाडीमा बिक्री तथा नयाँ कटान आदेश ल्याएर काठ, दाउरा वितरण गरेको प्रगति अध्यक्ष गुरुङले सुनाएका थिए । 
    काठ दाउरा, ट्याक्टर वितरण लगायतबाट ४७ लाख ७८ हजार ७८२ आम्दानी र साधारण सभाको खर्च (मंसिरभन्दा अघि), साधारण सभा, दायित्व भुक्तानी सहित ४६ लाख २४ हजार ५७४ खर्च भएको उल्लेख छ । बाँकी १ लाख ५४ हजार ५७४ रुपैयाँ समूहको खातामा रहेको प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । 
    समूहका पूर्व अध्यक्ष कुलमणी गुरुङ लगायतको उपस्थितिमा भएको कार्यक्रममा नयाँ समितिले नयाँ ढंगले काम गर्ने बताए । समूहको चुनावको कुरा त्यही बेला सकिएकोले हारेकोमा प्रतिशोधको रुपमा प्रतिक्रिया नदिनसमेत अध्यक्ष कुलमणी गुरुङले अनुरोध गरे । 

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…