• सुनसरी । बुद्धिचाल (चेस) खेलमा नेपालकै दोस्रो पुरस्कार बिजेता लोकसागर साम्बालाई सुनसरी बुद्धिचाल संघले सम्मान गरेको छ । 
    लोकसागर साम्बाले २०८० चैत्र २७ देखि ३० गतेसम्म मोरङ पथरीशनिश्चरेमा  फ्रेन्डसीप चेस क्लवद्वारा आयोजित ‘सहिद रत्नकुमार वान्तावा राई तेस्रो राष्ट्रब्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता २०८०’मा देशकै दोस्रो भएर नगद ३५ हजारसहित पुरस्कार जितेका थिए ।
    साम्बालाई शनिबार (बैशाख ९) बुद्धिचाल संघ सुनसरीले धरानमा एक कार्यक्रमकोवीच सम्मान तथा बधाई शुभकामना दिएका हुन् । सोही अवसरमा साम्बालाई प्रोत्साहन स्वरुप चेस खेलाडीसमेत रहेका धरान उपमहानरपालिकाका अधिकृत भक्तिनाथ शर्माले नगद दुई हजारसमेत प्रदान गरेका थिए ।
    बुद्धिचाल संघ सुनसरीका अध्यक्ष बलबहादुर तामाङ (बिकास) लगायत खेलाडीहरुले राष्ट्रिय स्तरको पुरस्कार बिजेर नयाँ रेकर्ड कायम गरेका साम्बालाई सम्मान गरेका हुन् । बलबहादुर तामाङ सोही प्रतियोगिताको प्रदेश नं. १ को प्रथम पुरस्कार जितेका खेलाडी हुन् । 
    सम्मान ग्रहण गर्दै खेलाडी साम्बाले प्रोत्साहन स्वारुप प्राप्त २ हजार बुद्धिचाल संघ सुनसरीलाई सहयोग प्रदान गरेका छन् । साम्बाको खेल क्षेत्रको प्रगतिको कामना गर्दै सम्मान बधाई ज्ञापन गरेको हो । 
    मोरङ पथरीशनिश्चरे नगर खेलकुद बिकास समितिका सदस्य तथा फ्रेन्डसीप चेस क्लवका सचिवसमेत रहेका लोकसागर साम्बा यस अघि राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको राष्ट्रिय खेलकुद प्रतियोगिताको छनौटमा मोरङ जिल्ला च्याम्पियनहुँदै प्रदेशसम्म खेलेका थिए । 
    बुद्धिचाल खेलको बिभिन्न स्थानमा पुरस्कार जित्दै आएका साम्बा नेपालको च्याम्पियनहरु, अन्तराष्ट्रिय प्रतियोगिता खेलेका चर्चित खेलाडीहरुसमेत १५० जना सहभागी भएको खेलमा देशकै दोस्रो भएर नयाँ रेकर्ड राख्दै  पुरस्कार जितेका थिए । 

     


     

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…