•  एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको २ कम्पनीको सेयर लिलामी भर्ने आज मंगलबार अन्तिम दिन रहेकोले कार्यालय समयसम्ममा यसमा आवेदन दिनुपर्ने हुन्छ । बैंकले चैत ४ गतेदेखि आफ्नो स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्त र नागरिक लगानी कोषको संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो । जसमा बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्तको ७५ हजार ३०५ कित्ता सेयर लिलामीमा ल्याएको हो । 

    आवेदकले यसमा लगानीकर्ताले न्यूनतम २४५ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । यस्तै, बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक सेयर पनि लिलामीमा ल्याएको हो । यसमा लगानीकर्ताले न्यूनतम ७५३ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । 

    दुवै कम्पनीको सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । लिलामी आवेदन एनआइसी एसिया क्यापिटल थापाथली काठमाडौं, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सकिनेछ ।

सम्वन्धित समाचार

काठमाडौं ।  काठमाडौंमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी भएको छ । मंगलबार बिहान साढे ८ बजेदेखि लागू…

मोरङ । थारु महिलाहरुले मनाउने जितिया चाड विभिन्न मनोरञ्जन तथा शुभकामना आदानप्रदान गर्दै आज भव्य रुपले सम…

मोरङ । पथरीमा फुटबल रंगशाला निर्माण गर्ने लगायतको प्रस्तावहरु पारित गर्दै मोरङको पथरीशनिश्चरेमा स्थापित शा…

पथरी । एभरेष्ट अंग्रेजी बोडिङ स्कुल मोरङको पथरी शनिश्चरे नगर स्तरीय अन्तर विद्यालय हिज्जे प्रतियोगितामा प्रथम…