• मोरङ । पहिचान आन्दोलनको साझा सहिद पदमकुमार लिम्बू (लाजेहाङ)लाई आज सलामी दिइने भएको छ । 
    कोशी नाम खारेजी आन्दोलनमा प्रहरीसँग भएको झडपमा परी मृत्यु भएको आज एक बर्ष पुगेको अवसरमा सलामी दिइन लागेको हो । प्रदेश नं. १ पुन नामकरण संयुक्त संघर्ष समितिले आज मोरङ बेलबारी—३ स्थित लाजेहाङको समाधी स्थलमा स्मृति सभाको आयोजना हुँदैछ । 
    स्मृति सभाको साथै लिम्बुवान भेलेन्टियर्सले सालामी दिने कार्यक्रम रहेको संयुक्त संघर्ष समितिको मोरङ सहसंयोजक डम्बर कुरुम्बाङ लिम्बूले जानककारी दिए । 
    लिम्बुवान भोलेन्टियर्सका राजु चोङबाङ, दिनेश खालिङ राईको नेतृत्वमा १२ जनाको टोलीले सलामी दिने कुरुम्बाङले बताए । सलामीसँगै समाधी वरिपरी वृक्ष रोपनको साथै स्मृति सभा र रचना वाचन कार्यक्रम राखिएको सहसंयोजक डम्बर कुरुम्बाङ लिम्बूले जानककारी दिए । 
    कार्यक्रममा किरात राई यायोक्खा केन्द्रीय उपाध्यक्ष तिलकप्रसाद राई, उपमहासचिव अर्जुन जम्नेली राई, जनता समाजवादी पार्टीका नेता केदार धिमाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दिलु लिङ्देन लगायतका नेताहरु सहभागीहुने बताइएको छ । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीमा सुशिला कन्दङ्वा मेमोरियल पथरीशनिश्चरे चेस (बुद्धिचाल) च्याम्पियनसिप २०८२ सुरु भएको छ…

मोरङ । मोरङको पथरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे गोल्डकप—२०८२ को उपाधिको लागि आय…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपाकिाल १ स्थित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक सा…

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…