• मोरङ । मोरङको पथरी शनिश्चरे नगर स्थित पथरी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले नगरपालिका भरीका विद्यार्थीहरुका लागि निशुल्क स्वास्थ्य शिविर राख्ने भएको छ । 
    स्ववियुमा निर्वाचित भएर आएको बर्ष दिन पुगेको अवसरमा आगामी चैत्र ९ गते (सुक्रबार) क्याम्पस परिसरमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरिने स्ववियु सभापति केशर राईले जानकारी दिए । अनुभवि स्वास्थ्य कर्मीहरुको उपस्थितिमा स्त्री रोग, दन्त चिकित्सा, आँखा, ब्लड ग्रुप छुटाउने र जनरल मेडिकल सम्बन्धी निशुल्क सेवा दिने कार्यक्रम रहेको सभापति राईले बताए । 
    स्वास्थ्य सेवा लिन पथरीशनिश्चरे नगरमा रहेका माविहरुलाई पत्र पठाइएकोले आठ सय बढी विद्यार्थीले सेवा लिन सक्ने स्ववियु सचिव भुपाल खतिवडाले बताए । स्वास्थ्य शिविरको लागि प्राविधिक सहयोग नोवेल अस्पताल विराटनगरको रहेको स्ववियु कोषाध्यक्ष खगिन मगरले बताए । 
    स्ववियु सदस्य आकाश राई, शैलेश बिष्ट लगायतका पदाधिकारी सदस्यहरु उपस्थित रहेको पत्रकार भेटघाट कार्यक्रममा निर्वाचित भएर आएको एक बर्षमा गरेका कार्यहरुसमेत सभापति केशर राईले प्रस्तुत गरेका थिए । 

सम्वन्धित समाचार

मोरङ । पछिल्लो बिषम परिस्थितिमा हुनसक्ने चोरी लगायतका सुरक्षा चुनौती सामना गर्न मोरङको पथरीशनिश्चरेमा नाग…

काठमाडौं ।  काठमाडौंमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी भएको छ । मंगलबार बिहान साढे ८ बजेदेखि लागू…

मोरङ । थारु महिलाहरुले मनाउने जितिया चाड विभिन्न मनोरञ्जन तथा शुभकामना आदानप्रदान गर्दै आज भव्य रुपले सम…

मोरङ । पथरीमा फुटबल रंगशाला निर्माण गर्ने लगायतको प्रस्तावहरु पारित गर्दै मोरङको पथरीशनिश्चरेमा स्थापित शा…