• मोरङ क्षेत्र नम्बर ३ का प्रतिनिधि सभाका सांसद डा. सुनिल शर्माले पूर्वी नेपालमा बसोवास गर्दै आएका धिमाल जातिहरूको लागि आवश्यक सहयोग गर्ने बताएका छन्। मोरङको पथरी शनिश्चरेमा धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिको शनिवार कार्यालयले आयोजनामा गरेको चौथो चिचिरी (गेन्द्रो) दिवसको उद्घाटन गर्दै उनले धिमाल परिकार समेत भोजन गरेका थिए।

    अघिल्लो वर्ष झैँ यस वर्ष पनि धिमाल जातिय विकास केन्द्र केन्द्रीय समितिले यस वर्ष  पथरीमा यस जातिका मौलिक खाना, संस्कतिको प्रचारप्रसार र प्रवर्धनका लागि  यस वर्ष पथरी शनिश्चरेको शान्ति भुल्के सिमसार तथा पर्यटकीय स्थलमा संस्कृति, मौलिकता र स्वस्थ खाना भन्ने नाराका साथ आयोजना गरिएको धिमाल जातिय विकास केन्द्र, केन्द्रीय समितिका सह अध्यक्ष तथा कार्यक्रम संयोजक केदार धिमालले बताए। 

    उनले धिमाल जातिको मौलिक खानाहरु चिचिरी, गेन्द्रो, तोले, चुदुर, पायाको बिहा, गोरा, हाया लगायतका विभिन्न लोपन्मुख मौलिक खाद्य (परिकारहरुका स्टलहरू मात्रै  राखिएको जनाए। सो दिवस यसअघि दमकमा पहिलो, उर्लाबारीमा दोस्रो र बेलबारीमा तेस्रो संस्करण सम्पन्न भएको थियो भने आगामी वर्ष लेटाङ्ग नगरपालिकाले आतिथ्यतामा गर्ने लेटाङ्ग नगरपालिकाका प्रमुख भुपेन्द्र लावतीले उद्घोष गरेका थिए।

    उक्त कार्यक्रममा लोकप्रिय गायिका रचना रिमालका साथै स्थानिय कलाकारहरुको प्रस्तुति समेत रहेको थियो।  

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…