• मोरङ । मोरङको पथरीशनिश्चरे—१० मा आजदेखि ‘राइजिङ ब्रदर्स छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण रिफ्युजी च्यालेन्ज कप—२०२४ आज (बिहिबार)देखि सुरु भएको छ ।
    आज भएको उद्घाटन खेलमा बिर्तामोड युनाइटेड एफसी झापालाई १—० गोल अन्तरले पराजित गर्दै बेलबारी एफसी मोरङ दोस्रो चरणमा प्रवेश गरेको छ । 
    पहिलो हापमा बेलबारीका लागि विरेन लिम्बूले गरेको गोल नै बेलबारीका लागि निर्णायक बन्यो । उद्घाटन खेलको म्यान आफ द म्याच बिजेता बेलबारीका आदित्य तामाङ घोषित भए । भोलीको खेल रारा एफसी धनकुटा र कन्चनजंङ्गा एफसी भारतवीच प्रतिष्पर्धा हुने भएको छ । 
    कार्यक्रमको उद्घाटन पथरीशनिश्चरे नगरपालिका प्रमुख मोहन तुम्बापो, उपप्रमुख देवीमाया काफ्ले, भुटानी शरणार्थी शिविर सचिव करण राई लगायतको उपस्थितिमा खेल उद्घाटन भएको हो । प्रतियोगितामा पूर्बी नेपाल र भारतको एक गरी १० वटा टिम सहभागी हुने बताइएको छ । 
    प्रतियोगितामा विजेतालाई २ लाख र १ लाख रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक संस्थाले जनाएको छ । 

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…