• मुख्य गरी लामो समयदेखि करको दायरामा नआएका करदाताको विवरण संकलन गर्नका लागि स्थलगत अनुगमनलाई तीब्रता दिइएको हो । दर्ता नभई सञ्चालनमा रहेका, नवीकरण नगरेका पसललाई दर्ता तथा नवीकरण गर्न प्रोत्साहन गर्ने उद्देश्यले नगरपालिकाले यो अभियान सुरु गरेको जनाएको छ ।

    आइतबार नगर प्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मीना खतिवडा पौडेल, वडाध्यक्ष उर्मिला थापा, वडा सदस्य सन्तोष निरौलालगायत जनप्रतिनिधिको उपस्थितिमा अभियान सुरु गरिएको हो । पसल पसलमा पुगेर दर्ता गरी नियमित नवीकरण गर्नेलाई धन्यवाद दिँदै दर्ता र नवीकरण नगर्नेलाई वडा कार्यालयमा गई दर्ता तथा नवीकरण गर्न आग्रह गरिएको छ । अनुगमन टोलीले पसल, सञ्चालक र घरधनीको विवरण पनि संकलन गरेको छ ।

    यो अभियान यसअघि वडा नम्बर ४, ५ र ६ मा सम्पन्न भइसकेको छ भने वडा नम्बर ३ का केही स्थानमा सञ्चालन गरिएको राजश्व शाखाका अधिकृत भरत अधिकारीले जानकारी दिनुभयो । सम्पत्ति कर, वहाल कर र व्यवसाय कर बुझाउनुपर्ने दायित्व भएका करदातामध्ये अग्रिम कर बुझाउनेप्रति आभार प्रकट गर्न, कर नियमित तिर्नका लागि प्रोत्साहन गर्न वडामा स्थलगत अनुगमन सुरु गरिएको अधिकारीको भनाई छ ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे—१ मा स्थापित आरती बहुउद्देश्यीय सहकारी संस्थाले नियम संगत तरिकाले &lsqu…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ मा स्थापित वाल्मीकि मेमोरियल बोडिङ स्कुलले शनिबार नगरमा नयाँ कामको स…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा भएको प्रतियोगितामा गायनमा राज लोहार र नृत्यतर्फ गरिमा मगरले प्रथम पथरीश…

मोरङ । मोरङको कानेपोखरी गाउँपालिकामा सम्पन्न १० औं राष्ट्रिय सिएच आईटिएफ तेक्वान्दो च्यामपियनसिको उपाधी बा…