• मोरङ । शिक्षक कर्मचारीलाई सम्मान, बिपन्न विद्यार्थीहरुलाई पोसाक र न्यानो कपडा वितरण तथा सांस्कृतिक कार्यक्रमको साथ मोरङको पथरीशनिश्चरे—१ मा स्थापित पञ्चायत माविले सुक्रबार भब्य रुपमा आफ्नो ४५ औ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ  । 
    पञ्चायत मावि प्रदेश सरकारले नमुना घोषणा गरेको विद्यालय हो । विद्यालयमा लामो समयदेखि शिक्षण गर्दै आएका जानुका भट्टराई, सिर्जना राई, गणेश विष्ट, शम्भुराज थापा र कर्मचारी हेमकुमार गुरुङलाई सम्माण पत्रले सम्मान गरिएको थियो  । अक्षयकोषदाताहरुलाई समेत सम्मान गरिएको थियो । 
    वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा बिपन्न विद्यार्थीहरुलाई पोसाक तथा न्यायो कपडा वितरण भएको थियो । कार्यक्रमको प्रमुख अतिथि पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापो, अक्षयकोष दाताको तर्फबाट कृष्णकुमारी विक, सम्मानित शिक्षकहरुको तर्फबाट गणेश विष्ट लगायतले मन्तव्य राखेका थिए । 
    कार्यक्रममा नगर शिक्षा विभाग प्रमुख सालिग्राम काफ्ले, १ नं. वडा अध्यक्ष भीमकुमार राई, २ का अध्यक्ष नैना राई, शिक्षा अधिकृत नवीन खुलाल, पथरी बहुमुखी क्याम्पस प्रमुख शान्तिराम तिम्सिना, भागिरथ माविकी प्रधानाध्यापक जानकी चेम्जोङ लगायतको उपस्थिति रहेको थियो । 
    विद्यालयकी सहयाक प्रधानाध्यापक बिना खालिङ राई लगायत शिक्षिकाहरुले समेत नृत्य प्रस्तुत गरिएको कार्यक्रम १५ भन्दा बढी कालाकार विद्यार्थी समूहको नृत्य, गीत तथा साहित्यिक समाग्री प्रस्तुत भएको थियो । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष युवराज बास्कोटाको सभापतित्वमा भएको कार्यक्रम प्रधानाध्यापक अर्जुन बुढाथोकीले सञ्चालन गरेका थिए । 
    दिवसको अवसरमा प्रमुख अतिथिको हातबाट विद्यालयको वेवसाइट पाञ्चायतमावि डटकमको सार्वजनिक भएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरु साँझसम्मै सांस्कृतिक कार्यक्रममा झुमेका थिए । 
    उपस्थित अतिथिहरुलाई विद्यालय तस्वीर र ४५ औ वार्षिकोत्सव तथा अभिभावक दिवस उल्लेखित मायाको चिनो आयोजक विद्यालयका सञ्चालक समितिको अध्यक्ष बास्कोटा र प्रअ अर्जुन बुढाथोकीको हातबाट प्रदान गरिएको थियो । विद्यालयमा हाल ३ हजार १९७ विद्यार्थी अध्ययनरत छन् । 


     

सम्वन्धित समाचार

सुनसरी । सुनसरीको इटहरीमा विश्वमा बढ्दो तापक्रम र आदिवासी जनजातिको तर्फबाट समाधानको उपायहरु बारे दुई दि…

मोरङ । मोरङको कानेपोखरी गाउँपालिका आर्थिक वर्ष २०८२÷०८३ को बजेट आइतबार पत्रकार सम्मेलनको आयोजना …

मोरङ । डिभिजन वन कार्यालय मोरङले ल्याएको ‘कानेपोखरी—लेटाङ सरकारद्वारा व्यवस्थित (चक्ला) वन व्य…

मोरङ । गण्डकी प्रदेश सभाले गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेकोमा मोरङको पथरीश…