•  

    नेपाल तामाङ घेदुङ उर्लाबारी ८ र ९ को संयुक्त आयोजनामा दुर्गापुरी स्थित आज माघ २५ गते देखी २९ गते सम्म बृहत सोनाम ल्होसार साँस्कृतिक महोत्सव सुरु भएको छ ।कार्यक्रमकाे उद्घाटन प्रमुख अतिथि उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेलबाट एक सय आठ दिप बालेर भएको थियाे ।

    आयोजक संस्थाका कार्यक्रम संयोजक गोपाल घिसिङका अनुसार हरेक बर्ष ल्होसारको अवसरमा बृहत कार्यक्रम गरिदै आएको र यसबर्ष पनि साेहि अनुसार निरन्तरता दिईएको बताए । उद्घाटनकाे दिन तामाङ नृत्य, लिम्बू जातिको केलाङ नृत्य,आयोजकका अनुसार महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने र महोत्सवका लागि रोटेपिङ लगायतका खेल समाग्री झरिसकेको र स्टलहरुको काम भईरहेको छ ।

    उद्घाटन कार्यक्रमका प्रमुख अतिथि उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेल, विशिष्ट अतिथि ९ नम्बर वडाका वडा अध्यक्ष नरबहादुर माेक्तान लगायत आठवटै वडाका वडा अध्यक्षहरु अतिथिहरुमा नेपाल तामाङ घेदुङ उर्लाबारी नगर अध्यक्ष राजकुमार याेन्जन, बलबहादुर घिसिङ, उर्लाबारी उद्योग बाणिज्य संघका महासचिव हेमराज गुरुङ, नेपाली कांग्रेस नगर सचिव राजन रायमाझी लगायत रहेका थिए भने गाेेपाल घिसिङकाे संयाेजकत्वमा भएको र कार्यक्रम संचालन भने इन्द्र लामाले गरेका थिए । बिहिबार डेस्टिनेसन ब्याण्ड र अलराउण्ड डान्स सेन्टरले मनाेरन्जन दिइएका छन् ।

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…