• उर्लाबारी २ देवीझोडा ‘क’स्थित तेली खोला किनारमा माता पाथिभरा मन्दिर निर्माण हुने भएको छ । बुधबार उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेलले एक कार्यक्रमका बीच धार्मिक विधि गरी मन्दिरको शिलान्यास गर्नुभयो ।दान दातव्यबाट सहयोग संकलन गरी निर्माण हुने मन्दिरमा नगरपालिकाको तर्फबाट पनि सहयोग रहने मेयर खरेलले कार्यक्रममा प्रतिबद्धता जनाउनु भयो ।

    यस्तै, विशिष्ट अतिथि निर्माण व्यवसायी अर्जुन तुम्रोकले पाथिभरा देवीको पित्तल धातुको मुर्ति निर्माण र प्राणप्रतिष्ठा कार्यक्रममा लाग्ने सम्पुर्ण खर्च आफुले व्यहोर्ने बचनबद्धता व्यक्त गर्नुभयो । लामो समयको प्रतिक्षापछि वडामा माता पाथिभरा मन्दिर निर्माण शिलान्यास भएपछि स्थानीय खुसी भएका छन् ।

    कार्यक्रममा समाजसेवी शेरबहादुर भण्डारी, रमेश विष्ट, चुणामणि खतिवडालगायतले सनातन धर्मको औचित्यका बारेका मन्तव्य राखेका थिए । कार्यक्रममा विष्णुप्रसाद भट्टराईको सभापतित्व रहेको थियो ।

सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…