• बाटो छेकेर निहुँ खोज्दै ढुङ्गा प्रहार गरेर घाइते अवस्थाको एकल महिला उमा चाम्लिङ राई (फाइल तस्वीर)

    मोरङ । एकल महिला भएकै कारण आफूमाथि हेपेर हातपात, कुटपिट र खेतको कुन्युमासमेत आगजनी भएपनि न्याय र सरकारी निकायबाट उचित सहयोग नपाएको पीडित उमा राईले बताएकी छन् । 
    घट्ना २०८० बैशाख १७ गतेदेखिको हो । सुनसरी इटहरी उपमहानगरपालिका—६ की ५४ बर्षिय उमा चाम्लिङ राई एकल महिला हुन् । उनको इटहरी पूर्ब नजिकै सुन्दरहरैचा—४, बडहरा नयाँटोलमा १ बिगा २ कट्टा खेति जग्गा रहेको छ । इटहरी नजिकै भएको कारण उन िघरैबाट धाएर त्यहाँ उमा आफैले धान लगायतका बाली लगाउँदै आएकी छन् । 
    खेतिबाट फर्किने क्रममा २०८० बैशाख १७ गते खेत नजिकै घर भएका भुपाल दाहालले माते झै गर्दै बाटो छेक्न खोजे । सामान्य बिबाद परिरहँदा भुपालको पत्नि ४१ बर्षिय जुनु भनेर चिनिने बालकुमारी दाहालले झोकिन्दै आएर लछारपछार पार्दै लडाएर टाउकोमा ढुङ्गा प्रहार गरी घाइते बताए । त्यो घट्नामा छिमेकीहरुले नछुटाएको भए ती परिवारले आफूलाई मार्नेसम्मको आक्रोस देखाएको, बालकुमारीले अहिले बाँचेपनि पछि मारिदिने मुखैले भनेका थिए । 
    बालकुमारी दाहालको ढुङ्गा प्रहारबाट टाउकोमा गम्भीर चोट लागेको उमाले आफ्नै खर्चमा उपचार गरिन र इलाका प्रहरी कार्यालय बेलबारीमा ज्यान मार्ने उद्योगमा जाहेरी गरिन । कुटपिट गर्ने बालकुमारी दाहाललाई प्रहरीले पक्रेर केही दिन राखे । यो वीचमा आफूलाई राजनीतिक÷सामाजिक काम गर्छुभन्नेहरु अन्यय गर्नेहरुलाई कारबाही गर्न सहयोग गर्नुभन्दा मिल्न दबाब आएको पीडितको भनाइ छ । मुद्धा जिल्ला अदालत मोरङ पुग्यो । अदालतले बालकुमारीलाई १५ हजार धरौटीमा छाडिएपछि आफूमाथि झनै असुरक्षा र अन्यायमा परेको महसुस भएको उमा बताउदै आएकी छन् । 
    बालकुमारी दाहाल छुटेर आएपछि धम्क्याउने र दुःख दिने काम फेर िसुरु भयो । उमाको खेत बालकुमारी दाहाल परिवारको घर छेउमै (सडक पश्चिम)मा पर्छ । 
    लगाएको विरुवा काटी दिने, बस्तुलाई बाली ख्वाई दिने पाकेको धान बालीमा पैनीबाट पानी लगाई दिनेसम्म गर्न थालेको पीडित उमाको भनाइ छ । बालकुमारी परिवारले अरु व्यक्तिलाई प्रयोग गरेर जग्गा वेच भन्न लगाउने गरेको उमाले बताइन । 
    बालकुमारी दाहालले जग्गा बोकेर घरमा लैजा, कसरी बाली भित्र्याउछस हेरौला भन्ने गरेको उनले बताइन । 
    यसै क्रममा २०८० मंसिर ७ गते खेतलाहरु लगाएर धान बाली उठाएर कुन्यु बनाएर साँझ घर फर्केकी थिइन उमा । कुन्यु लगाएकै दिनको राति १२ बजे धानको कुन्युमा आगो लाग्यो भनेर फोन आयो । गाउँघरको वीचमा रहेको कुन्युमा राति १२ बजे आगो लागेपछि छिमेकीहरुले बोलाएको ३ वटा दमकल आएर निभाउने प्रयास गरेका थिए । प्रकृति हेर्दा पेट्रोल छर्केर आगो लगाएको हुनसक्ने स्थानीयबासीको भनाइ छ । 
    खेत नजिकै घर भएका धिरेन नेम्वाङ्गले फोन गरेर जानकारी गराएपछि हतार हतार खेतमा उमा पुग्दा साढे १२ बजेको थियो । पुरानै मुद्धा चलिरहेको विपक्षीहरुको घर र आगो लागेको कुन्यू नजिकै पर्दछ । आगो लागिबाट १३० (एक सय तीस मन) धान क्षति भएको छ । आगो निभाउन टाढा टाढाबाट आएपनि बालकुमारी दाहाल परिवारबाट कोही ननिस्केको उमाले बताइन् । 
    उमाले इलाका प्रहरी कार्यालय बेलबारीमा ४१ बर्षिया बालकुमारी दाहाल, २५ बर्षिय छोरा लोकेन्द्र दाहाल विरुद्ध पुस ६ गते अपराधि उपद्रव सम्बन्धि किटानी जाहेरी दिदै मुलुकी अपराध संहिता २०७४ को दफा २८५ (२, १) अनुसार तत्काल पक्राउ गरी हदैसम्मको कारबाही गर्न र क्षतिपूर्ति भराइ पाउँ भनेर उजुरी दिएका थिए । 
    उजुरी दिएर पटक पटक इलाका प्रहरी कार्यालय धाउदा पनि प्रहरीले विपक्षीहरुलाई तत्काल पक्राउ नगरेकोमा उमाले गुनासो गर्दै आएकी थिइन । छलफल भनेर बोलाउने र बालकुमारी, लोकेन्द्र पक्षधरको भिडभाडमा आफूलाई कमजोर बनाउने, मानसिक रुपमा हतोत्साहित बनाउने जस्ता काम हुन खोजेको उमाको भनाइ छ । 
    ‘मलाई बाटो छेक्ने, कुटपिट गर्ने, जग्गा घरैमा लैजा भन्नु मिल्छ ?’ उमा भन्छिन ‘एक्ली महिला भनेर मुद्धा कमजोर बनाउने, अनुसन्धान राम्रो नगर्ने गर्नु मिल्छ ?’ 
    ‘घरबस्ति वीच नजिकै मेरो धानको कुन्युमा आगो लगाइएको, तीन वटा दमकल आएर निभाउने प्रयास गरेको दुनियालाई थाहा छ । मैले उजुरी नै नगरेपनि आगो लगाउने व्यक्तिहरु खोजि गर्ने, पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने होला नि ? उमा भन्छिन ‘अपराधि पत्ता लगाउने प्रहरी, जनप्रतिनिधिहरु, राजनीतिक पार्टीका नेता, कार्यकर्ताहरुको दायित्व होइन र ?’
    ‘एक्ली महिला भनेर हेपेर म माथि बारबार अन्यय भइरहदा म र म जस्ता पीडितहरुको लागि स्थानीय राजनीतिक दलका नेता÷कार्यकर्ताहरुले बोल्नु पर्दैन ?’ उमा प्रस्न गछिन ।
    उमा न्यायको लागि बिभिन्न पार्टी तथा संगठनहरुमा सहयोग माग्दै, खोज्दै हिडेकी छन् । यसै क्रममा माघ ११ गते माओवादी केन्द्रको विराटनगरमा बसेको प्रदेश समितिको बैठकमा उमा राईलाई परेको अन्यायको बारे ब्यापक छलफल भयो । 
    त्यसपछि प्रदेश सभा पूर्ब उपसभामुखसमेत रहेकी सरस्वती पोख्रेल, किरात राई यायोक्खा केन्द्रीय उपाध्यक्ष तिलकप्रसाद राई लगायत इलाका प्रहरी कार्यालय बेलबारीमा चासो राखेपछि माघ १५ गते (उजुरी परेको करिव डेढ महिनापछि) किटानी जाहेरीमा परेका बालकुमारी र लोकेन्द्र दाहाललाई पक्राउ गरेका छन् । इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख इन्स्पेक्टर तेज दाहालले दुबै जनालाई आज (मंगलबार) म्याद थप्न पठाएको बताए । पक्राउ परेपछि उमाले राम्रो अनुसन्धान हुने, पीडकलाई हदैसम्मको कारबाही, क्षतिपुर्ति भराइ पउनेमा आशा जागेको बताएकी छन् ।
    अघिल्लो जहेरीमा भने जिल्ला अदालत मोरङले ज्यानमार्ने उद्योगको मुद्धा कुटपिटमा परिनत गरिदिएपछि उमाले उच्च अदालतमा पुनरवेदन गरेकी छन् । 

    कुन्यु आगजनी भएर धान,पराल खरानी भएको स्थल


     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे—१ मा स्थापित आरती बहुउद्देश्यीय सहकारी संस्थाले नियम संगत तरिकाले &lsqu…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ मा स्थापित वाल्मीकि मेमोरियल बोडिङ स्कुलले शनिबार नगरमा नयाँ कामको स…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा भएको प्रतियोगितामा गायनमा राज लोहार र नृत्यतर्फ गरिमा मगरले प्रथम पथरीश…

मोरङ । मोरङको कानेपोखरी गाउँपालिकामा सम्पन्न १० औं राष्ट्रिय सिएच आईटिएफ तेक्वान्दो च्यामपियनसिको उपाधी बा…