• मोरङ । मोरङको पथरी शनिश्चरे नगर खेलकुद महोत्सवको बुद्धिचालतर्फ निलम बस्नेत ८  अंक  ल्याएर प्रथम भएका छन ।

    प्रतियोगितामा प्रोग्रेसिभको आधारमा समान ८ अंक ल्याएका तिर्थराज सुब्बा दोस्रो भए ।

    त्यसैगरी लोकसागर साम्बा, अमिर राई, तेजपाल सुब्बा, अनिष तामाङ र एभरेस्ट स्कुलबाट सहभागी भएका रोषण ढुङ्गाना छ जनाको समान ७ अंक ल्याएर क्रमस तेस्रोदेखी सातौ पुरस्कार जितेका छन । 

    बिद्यालयबाट सहभागी भएका एभरेस्ट स्कुलका रोषण ढुङ्गाना स्कुलहरुलाई जित्दै नगरकै सातौ नम्बरको पुरस्कार जितेपछि खेलमा ६ अंक ल्याएका सिंहबाहीनी माबिका अग्रिम खड्का प्रथम भएका छन । स्कुलतर्फ मोरङ मेरिगोल्डका शृजन श्रेष्ठ (६), किर्तिपुर एकेडेमीका रोयल राई (५) क्रमस दोस्रो र तेस्रो भएको आरबिटर डम्बर बाछना राईले बताए । त्यसैगरी भ्याटनतर्फ थानेस्वर भट्टराई (५) र महिलामा ४ अंक ल्याउने रेबिका लिम्बू पुरस्कृत हुने भएका छन ।

    फाइनल ९ औ राउण्डको खेलमा निलम बस्नेत भर्सेज देबेन्द्र वनेम लिम्बू, तिर्थराज सुब्बा भर्सेज अमिर राई, लोकसागर साम्बा भर्सेज पुकार राईवीच प्रतिष्प्रर्धा भएको थियो ।

    प्रतियोगितामा तेस्रो भएका लोकसागर सम्बा र चौथो भएका अमिर राई पूर्ब मोरङ जिल्ला च्याम्पियन हुन । 

    माइन गेम भनेर चिनिने बुद्धिचाल (चेस)मा १०२ जना सहभागी भएका थिए । ९ औ राउण्ड आइपुग्दा ७० बढी सहभागी रहेका थिए । सातै विधाका बिजेता खेलाडीहरुलाई समापनको दिन पर्सि १५ गते नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजक समितिका सदस्य सचिब नवीन खुलालले बताए ।

     नगरमा पहिलो पटक आयोजितपथरी शनिश्चरे नगर खेलकुद महोत्सव-२०८० मा फुटबल (पुरुष/महिला), भलिबल, कृकेट, बुद्धिचाल, म्याराथुन, कराते, तेक्वान्दो सहित सात वटा विधामा खेल भइ रहेको छ ।

सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…