• मोरङ । मोरङको पथरीशनिश्चरेमा जारी ‘पथरीशनिश्चरे नगर खेलकुद महोत्सव—२०८०’को बुद्धिचाल (चेस)तर्फको खेलमा पूर्ब मोरङ जिल्ला च्याम्पियन लोकसागर साम्बालाई पराजित गर्दै निलम बस्नेतले ६ अंक जोडेका छन् । 
    आजै (बिहिबार) भएको छैटौ राउण्डको खेलमा अमिर राईले तुलशी भण्डारीलाई पराजित गर्दै ६ अंक जोडेका छन् । अमिर राई मोरङ जिल्लामा दुई पटक च्याम्पियन भएका खेलाडी हुन् । भोली (सुक्रबार) सातौ राउण्डमा अपराजित ६—६ अंक ल्याउने अमिर र निलम बस्नेतवीच प्रतिष्पर्धाहुने आरबिटर डम्बर बाछाना राईले जानकारी दिए । 
    प्रतियोगितामा ५÷५ अंक ल्याउने रोहित सुम्बा भर्सेज तिर्थराज सुब्बा, कृष्णकुमार राई भर्सेज पुकार राई, लोकसागर साम्बा भर्सेज तेजपाल लिम्बू, देबेन्द्र वनेमसँग साढे ४ अंक भएका तुलशी भण्डारीवीच प्रतिष्पर्धा हुने भएको छ । 
    महोत्सव सुरुहुँदा नगरपालिकामा रहेका १०२ जना बुद्धिचाल खेलाडी सहभागी थिए । सातौ राउण्डमा आइपुग्दा ७२ जनाले खेलिरहेको आरबिटर डम्बर बाछना राईले बताए । 
    माइन गेम भनेर चिनिने बुद्धिचाल स्वीस लिग अन्तरर्गत भइरहेको फिडे रेटिङ टुर्नामेन्ट ९ राउण्ड खेलाइने पथरीशनिश्चरे नगर खेलकुद समितिका सदस्य समेत रहेका खेलाडी लोकसागर साम्बाले बताए । एक आपसमा भिडिरहेका अमिर राई, लोकसार साम्बा, तुलशी भण्डारी, निलम बस्नेत फ्रेण्डसिप चेस क्लवका पदााधिकारी सदस्य  हुन् । 
    स्वीस लिग अनुसार जित्ने खेलाडीले एक र बराबरहुँदा आधा अंक जोडिने गर्दछ । पुरा राउण्ड खेल्दा सबैभन्दा बढी अंक ल्याउने प्रथम, क्रमस कम अंक ल्याउने दोस्रो, तेस्रो र बराबर भए खेल अवधिभरहुने प्रोगेशिप (बिकास)को आधारमा विजेता छनोट हुने आरबिटर (निर्णयक) डम्बर बाछना राईले बताए । प्रतियोगितामा सातौसम्म हुने खेलाडीहरुको लागि नगदसहित पुस्कारको व्यवस्था गरिएको आयोजक समितिले जनाएको छ । महोत्सवमा फुटबल, भलिबल, क्रिकेट, कराँते, तेक्वान्दो र मिनि म्याराथुन गरी ७ विधामा प्रतियोगिता भइरहेको छ ।

    अपराजित अमिर


     

सम्वन्धित समाचार

सुनसरी । सुनसरीको इटहरीमा विश्वमा बढ्दो तापक्रम र आदिवासी जनजातिको तर्फबाट समाधानको उपायहरु बारे दुई दि…

मोरङ । मोरङको कानेपोखरी गाउँपालिका आर्थिक वर्ष २०८२÷०८३ को बजेट आइतबार पत्रकार सम्मेलनको आयोजना …

मोरङ । डिभिजन वन कार्यालय मोरङले ल्याएको ‘कानेपोखरी—लेटाङ सरकारद्वारा व्यवस्थित (चक्ला) वन व्य…

मोरङ । गण्डकी प्रदेश सभाले गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेकोमा मोरङको पथरीश…