• मोरङ । मोरङको पथरीशनिश्चरे नगरका क्षयरोगीहरुलाई नेपाल मेडिकल ट्रष्ट (बीएनएमटी)ले आज एक कार्यक्रमवीच निशुल्क खाद्य समाग्री वितरण गरेको छ ।
    खाद्य सामाग्री वितरण अघि पथरीशनिश्चरे नगरका प्रमुख प्रशासकीय अधिकृत शशि राईको प्रमुख आतिथ्यतामा स्वास्थ्य कार्यालय मोरङको आयोजनामा क्षयरोग बारे जानकारी गराएका थिए ।  स्वास्थ्य कार्यालय मोरङको सरुवा रोग सम्बन्धी फोकल पर्सन मुलुकचन्द्रसिंह राजवंशी, पथरीशनिश्चरे नगर स्वास्थ्य प्रमुख मुरारी आचार्य, स्वास्थ्य कर्मी जगत मगरले क्षयरोग, यसका लक्षण र सर्ने तरिकाहरु बारे जानकारी दिएका थिए । 
    स्वास्थ्य सम्बन्धी कार्यक्रम पछि नगरमा रहेका १४ जना क्षयरोगीलाई २५ किलो चमाल, दाल, तेल, चना, पिठो र सोयविनको सेट वितरण गरिएको थियो । खाद्यन्न छ महिनासम्म निरन्तर वितरण गरिने बीएनएमटीका कार्यक्रम संयोजक पुनम बिष्टले बताए । 
    रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका निम्न वर्गीय परिवारमा बढी क्षयरोगी देखिने गरेकोले पोष्टिक आहारको रुपमा खाद्यन्न जिल्ला भरिनै वितरण गरिने बताइएको छ ।  
    नगरपालिका हुनुअघि पथरी गाविस छुट्टैहुँदा १०३ जना क्षयरोगि रहेको, तीन वटा गाबिस मिलेर नगरपालिकाहुँदा एक बर्ष अघि ३६ जना विरामी रहेको तथ्याङ्क नगरका स्वास्थ्य प्रमुख मुरारी आचार्यले जानकारी दिए । क्षयरोगको औषधी सरकारले निशुल्क रुपमा वितरण गर्दै आएको छ । 
     

सम्वन्धित समाचार

सुनसरी । सुनसरीको इटहरीमा विश्वमा बढ्दो तापक्रम र आदिवासी जनजातिको तर्फबाट समाधानको उपायहरु बारे दुई दि…

मोरङ । मोरङको कानेपोखरी गाउँपालिका आर्थिक वर्ष २०८२÷०८३ को बजेट आइतबार पत्रकार सम्मेलनको आयोजना …

मोरङ । डिभिजन वन कार्यालय मोरङले ल्याएको ‘कानेपोखरी—लेटाङ सरकारद्वारा व्यवस्थित (चक्ला) वन व्य…

मोरङ । गण्डकी प्रदेश सभाले गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेकोमा मोरङको पथरीश…