• लेटाङ, माघ-८।

    सहिद स्मृति प्रतिष्ठान लेटाङ  नगरपालिकाले सहीद पार्कको  लागि जग्गा छनौट समिति बनाएर झारो टार्ने काम मात्र भए आफुहरुले माघ १४ गते देखि प्रदेश स्तरिय सहिद परिवार भेला भई आन्दोलन अझ  सशक्त बनाउने प्रतिष्ठानका एक सदस्यले रतोकलमलाई जानकारी दिए  ।  

    आफुहरुले गरेको आन्दोलनबाट नगरपालिकाको ध्यानाकर्षण भएको र सहिद स्मृति पार्कको  लागि नगरले लिएको पहल स्वागत योग्य रहेको प्रतिष्ठानले जनाउदै ,सोमबार प्रतिष्ठानले एक   बिज्ञप्तीमा भनेको छ। "लेटाङ्गका १६ जना  सहिदहरुको स्मारक बनाउन बाहेक अरु कुनै स्वार्थ छैन। सहिदको उचित सम्मान स्थानीय सरकारले गर्नुपर्छ र तिनको ब्यावस्थापन हुनुपर्छ। राज्यले सुचिकृत गरेको सहिदहरुको प्रतिमा स्तम्भ निर्माण गर्न स्थानीय सरकारको दायित्व हो  यदि स्थानिय सरकारले नगरे आफुहरुले गरि छाड्ने प्रतिष्ठानको बिज्ञप्तीमा उल्लेख  छ। 

    माघ ४ गते सहिद  हरि भट्टराई(परिवर्तन) को शालिक माथि तोडफोड र गायब बनाईएको बारे सत्यतथ्य सार्बजनिक गर्न माग प्रतिष्ठानले गरेको छ। 
    बिज्ञप्तीमा भनिएको छ  झारो टार्ने काम  मात्र नहोस ७ दिन भित्र शहिद स्मृति पार्क स्थलको लागि   निकास नगरपालिकाले दिनुपर्ने भन्दै  ७ दिनको अल्टिमेटम समेत बिज्ञप्तीमा उल्लेख  छ ।

    हिजो सहिद स्मृति प्रतिष्ठान लेटाङले  सहिदहरुको सम्मान गर्दै आफुहरुले स्थापना गरेको ठाउमा यथास्थितिमा सहिद हरि भट्टराई (परिवर्तन) को शालिक  राख्न माग गर्दै गरेको आन्दोलन हुँदा नगपालिका भवन अगाडिको गेटमा सामान्य झडप समेत भएको थोयो। 

     

                                                                                                                        प्रेश बिज्ञप्ती

    No description available.

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…