• लेटाङ- सहिद स्मृति प्रतिष्ठान लेटाङ्गको अगुवाइमा  निर्माण गर्न लागेको "सहिद स्तम्भ" ( पार्क )  मा सहिद हरि भट्टराईको शालिक  नगर प्रमुख भुपेन्द्र  लावतिको आदेशम नगर प्रहरीले तोडफोड गरेको प्रतिष्ठान अध्यक्ष कृष्ण लम्सालले रातोकलामलाई जानकारी दिए  । 

    बिहिबार बिहान मात्र प्रतिष्ठानका पधादिकारिले नगर प्रमुख भुपेन्द्र  लावतिलाई भेटदा, सोहि क्षेत्रमा  बस पार्कको ट्रमिनल बनाउन DPR गर्ने कार्यपालिकाको 
    तयारी रहेको जानकारी दिएका थिए । तर शहिद पार्क निर्माण कार्यमा क्षेत्रफल नपुग्ने हुँदा बस पार्क ट्रमिनल भित्र अट्ने गरि  सहिद स्तम्भ  राख्नने मौखिक सहमति भएको प्रतिष्ठानका एक सदस्यले जानकारी दिए।  

    उक्त सहमति अनुसारनै   शहिद स्मृति प्रतिष्ठानले   लेटाङ–४ र ५मा  पर्ने  सानु क्षेत्रफलमा हरि भट्टराई (परिवर्तन) को शालिक राखेर  निर्माणको काम सुरुवात भएको थियो ।   यसरी जानकारी सहित निर्माण कार्य अगाडि बढ्ईएको थियो तर  नगर प्रमुखले दादागिरी शैलिमा शालिक  हटाएर तोडफोड गर्नु लाउनु समग्र लेटाङ्गबासीको अपमान गरेको ठहरिन्छ । शहिद कुनै पार्टिको हुन्दैन , कुनै  व्यक्तिको पनि हुँदैन  समग्रमा शहिद राष्ट्रको हो, प्रतिष्ठानका  अध्यक्ष लम्सालले बताए ।  

    सहमति अनुसारनै सहिद हरि भट्टराई (परिवर्तन) को सालिक राखिएको तर दादागि शैलीमा नगरप्रमुखको ठाडो आदेशमा  नगर प्रहरी लगाएर हरि भट्टराई (परिवर्तन) को सालिक हटाउने कार्य भएको भन्दै त्यसको विरोधमा सहिद स्मृति प्रतिष्ठानले लेटाङका नगरप्रमुखको कार्यकक्षमा तालाबन्दी लगाएको हो  ।


    लेटाङ–४ र ५मा  पर्ने  सानु क्षेत्रफलमा शहिद स्मृति प्रतिष्ठानले शहिद स्तम्भ राख्ने   निर्माण कार्य  सुरुवात गरेको हो।  लेटाङ नगरबाट १० वर्षे जनयुद्दको समयमा १६ जना लेटाङबासीले  ज्यान गुमाएका छन्  । ईश्वर ढुंगाना(प्रभात), हरि भट्टराई (परिवर्तन), डम्बर चेम्जोङ (अजम्बर) पुष्प भट्टराई (वादल), मेनुका चेम्जोङ (नमुना), डिल्ली पौडेल (दिलीप) लगायतको  शालिकसहित स्तम्भ पार्क बनाउने काम थालनी भएको थियो । सोही क्रममा  सहिद हरि भट्टराई (परिवर्तन) को शालिक राखिएको थियो  ।   शालिक  पुन: ससम्मान राख्नु पर्ने मांग सहित चरण बद्ध आन्दोलनको घोषणा गर्ने प्रतिष्ठानका अध्यक्षले बताए।   

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…