• मोरङ । चासोक तङ्नामको अवसरमा मोरङको पथरीशनिश्चरेमा आयोजित सिरिजङ्गा स्मृति बलिबल प्रतियोगिताको लागि बेलबारी (बी) र सालबारी भलिबल प्रतियोगिता उर्लाबारीबीच प्रतिष्पर्धा हुने भएको छ । 
    आज (सोमबार) भएको सेमि फाइलन खेलमा एपीएफ टिमलाई पराजित गर्दै बेलबारी (बी) र बेलबारी (ए)लाई पराजित गर्दै सालबारी उर्लाबारी फाइलमा प्रवेश गरेको हो । 
    एपीएफ टिमलाई बेलबारी (बी)ले ९—२५, २१—२५ र १८—२५ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । एपीएफले भने २४—२६ को एक सेट जितेको थियो । 
    त्यसैगरी बेलबारी (ए)लाई सालबारी उर्लाबारीले सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । प्रतियोगिताको फइनल खेल भोली (मंगलबार) बेलबारी (बी) र सालबारी उर्लाबारीवीच प्रतिष्पर्धाहुने आयोजक समितिले जनाएको सदस्य मणि लुङ्फुङ्वा लिम्बूले जनाएको छ । 
    प्रतियोगिताको उपाधि विजेतालाई ६० र दोस्रो हुनेलाई ४० हजार नगद, ट्रफी र प्रमाणपत्रहरु प्रदान गरिने आयोजक समितिको सदस्य लुङ्फुङ्वाले बताए । चासोक तङ्नाम कार्यक्रममा गायिक सबिना योङ्हाङ लगायतका कलाकारहरु आउने भएका छन् । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीमा सुशिला कन्दङ्वा मेमोरियल पथरीशनिश्चरे चेस (बुद्धिचाल) च्याम्पियनसिप २०८२ सुरु भएको छ…

मोरङ । मोरङको पथरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे गोल्डकप—२०८२ को उपाधिको लागि आय…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपाकिाल १ स्थित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक सा…

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…