• मोरङ । माआवादी कोटाबाट पर्यटन, वन तथा वातावरण मन्त्री भएका गणेश उप्रेतीलाई आज पहिचानवादीहरुले मोरङको केराबारीमा कालो झण्डा देखाएर विरोध प्रदर्शन गरेको छ । 
    मन्त्री उप्रेती इसाईहरुको क्रिसमस कार्यक्रममा केराबारी पुग्दा प्रदेश नं. १ पुन नामाङ्कन संयुक्त संघर्ष समिति केराबारी गाउँ पालिका समितिले कालो झण्डा सहित विरोध प्रदर्शन गरेको हो । 
    प्रदर्शनकारीहरुले कोशी प्रदेश खारेज गर, सहिद लागेहाङ अमररहुन लगायतको नारा जुलुससहित बाटो छेक्न खोजेका थिए । प्रहरी स्कटिङमा आएका मन्त्री उप्रेति चढेको गाडिमा केही प्रहार समेत भएको भिडियो सार्वजनिक भएको छ । 
    यसैवीच भोली (पुष ६) गते पार्टीको कार्यक्रममा प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्ड मोरङको मिक्लाजुङ आउदै छन् । प्रचण्ड आउने कार्यक्रममा प्रदेशका मन्त्री र सांसदहरु सहभागी नगराउन संयुक्त संघर्ष समिति मोरङले आज विज्ञप्ति प्रकाशन गरी आग्रह गरेको छ । 
    संघर्ष समितिको अध्यक्ष रामभक्त कुरुङ्बाङ, सचिव जयराज संयोग लिम्बूको हस्ताक्षर रहेको विज्ञप्तिमा आफ्नो आग्रहलाई अस्वीकार गरिए कालो झण्डासहित विरोध प्रदर्शन गर्न बाध्य हुने विज्ञप्तिमा उल्लेख छ । माओवादी केन्द्रले भने अध्यक्ष प्रचण्ड आउने कार्यक्रम शान्तिपूर्ण रुपमा समापन गर्न तोकिएका व्यक्तिहरु सहभागी नगराने जनाएको छ । यद्यपि पहिचानवादीहरु भने प्रचण्डको साथमा प्रदेशका मन्त्री÷सांसद आए विरोधको तयारी गरिरहेको बुझिएको छ । 


     

सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…