• मोरङ । मोरङको कानेपोखरी ६ स्थित भुल्के सुन्तोली सामुदायिक वन उपभोत्ता समूहमा पुष ७ गते मतदान हुने भएको छ । 
    समूहको अन्य पदमा सर्वसहमत भएपनि अध्यक्ष र उपाध्यक्षमा नमिलेपछि दुई पदको लागि निर्वाचन हुने भएको हो । 
    अध्यक्षमा शेरबहादुर लिम्बू र भीमराज लिम्बूवीच प्रतिष्पर्धा हुने भएको हो । त्यसैगरी एक उपाध्यक्षको लागि अमरबहादुर घिसिङ, पूर्णबहादुर बोहोरा र राजकुमार जिमीवीच प्रतिष्पर्धा हुने भएको हो । 
    पालिका स्तरीय छलफलमा पहिलो कार्यकालको लागि शेरबहादुर लिम्बूलाई अध्यक्ष दिने सहमति भएपनि स्थानीय स्तरमा मिल्न नसकेपछि निर्वाचन हुन लागेको बुझिएको छ । यद्यपि कांग्रेस, एमाले र माओवादी सम्बद्ध उपभोक्ताहरुले सहमतिकै आधारमा भोट दिने सहभाति भएको अध्यक्षका उमेद्वार शेरबहादुर लिम्बूले बताए । 
    समितिको सचिवमा कौशिला कार्की, सहसचिवमा जितकुमार राई र कोषाध्यक्षमा  6+sdfof >]i7 /fO{  सर्वसहमत चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा नरबहादुर केदेम, सकल केदेम,  8f]G8/l;+x खड्का, बलबहादुर चेम्जोङ, शान्ता मगर, कृष्ण ताम्ली, पवित्रा बस्नेत, मनकुमारी मगर, शोभा बानिया सर्वसहमत चयन भएका छन् । 
    अनुगमन समिति संयोजकमा ईश्वरकुमार राई, सदस्य रोशन राई, लेखा समिति संयोजकमा elu/fh lnDa" , सदस्यमा बिर्जुलाल माझी चयन भएका छन् । एक हजार चार उपभोक्ता रहेको वनको २२९ हेक्टर क्षेत्रफल रहेको छ । 

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीमा सुशिला कन्दङ्वा मेमोरियल पथरीशनिश्चरे चेस (बुद्धिचाल) च्याम्पियनसिप २०८२ सुरु भएको छ…

मोरङ । मोरङको पथरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे गोल्डकप—२०८२ को उपाधिको लागि आय…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपाकिाल १ स्थित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक सा…

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…