• आज पक्राउ परेका पहिचानवादी नेताहरु

    धनकुटा । पूर्ब प्रधानमन्त्री केपी ओलीको यात्राको पूर्ब सध्यामा किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा र संयुक्त संघर्ष समितिका जिल्ला नेताहरु गरी आज पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । 
    प्रदेश नं. १ पुन नामाङकन संयुक्त संघर्ष समिति कार्यकारी अध्यक्ष डकेन्द्रसिंह थेगिमको अनुसार किरात याक्थुङ चुम्लुङ धनकुटा जिल्ला अध्यक्ष कमल तिगेला, सोही जिल्ला किरात राई यायोक्खा अध्यक्ष उद्दवमणी राई, पाख्रिबास अध्यक्ष जितेन्द्र राईलाई प्रहरीले आज गिरफ्तार गरेको छ । 
    त्यसैगरी संखुवासभा सङ्युक्त संघर्ष समितिका संयोजक वीरेन्द्र खारा याम्फु राई र यायोक्खा जिल्ला सचिव उमा राई लगायतलाई प्रहरीले गिरफतार गरेको छ । केपी ओली भोजपुरबाट भोली मध्ये पहाडी मार्ग लेगुवाहुँदै तेह्रथुम बसन्तपुर पुग्ने कार्यक्रम छ । 
    राई, लिम्बू समुदायलाई साम्प्रदायिक रुपमा गालि गलैज गरेको भन्दै पूर्ब प्रधानमन्त्री ओलीले आत्मा आलोचना गरेर माफी नमागेसम्म प्रदेशमा आउदा कालो झण्डा लगायतको विरोध प्रदर्शन गर्दै आएका छन् । 
    शान्तिपूर्ण आन्दोलन माथि प्रहरीको दमन चर्को भएको भन्दै तुरुन्त रिहा गर्न माग गर्दै आएको छ । पक्राउ परेका व्यक्तिहरुलाई नछाडिए प्रदेश बन्दको घोषणा गर्न बाध्यहुने संयुक्त संघर्ष समितिले जनाएको छ । दमन निरन्तर रहे विद्रोह थप चर्किन्दै जाने संघर्ष समितिले चेतावनी दिदै आएको छ । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीमा सुशिला कन्दङ्वा मेमोरियल पथरीशनिश्चरे चेस (बुद्धिचाल) च्याम्पियनसिप २०८२ सुरु भएको छ…

मोरङ । मोरङको पथरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे गोल्डकप—२०८२ को उपाधिको लागि आय…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपाकिाल १ स्थित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक सा…

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…