• मोरङ । मुख्यमन्त्री केदार कार्की सहभागीे कार्यक्रममा कालो झण्डासहित विरोध प्रदर्शन गर्ने क्रममा खोलढुङ्गामा पक्राउ परेका नौ जना नेताहरुलाई प्रहरीले रिहा गरेपछि चार जिल्लामा हुने भनिएको सडक बन्द फिर्ता लिएको छ । 
    मुख्यमन्त्री लगायतलाई कालो झण्डा देखाउने क्रममा किरात राई यायोक्खा केन्द्रीय महासचिव भीमराज राई, जिल्ला अध्यक्ष समेत रहेका संयुक्त संघर्ष समितिका संयोजक थगेन्द्र राई, यायोक्खा पूर्ब जिल्ला अध्यक्ष दीपेन्द्र रुम्दाली राई, किराती राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय उपमहासचिव रेखराज राई, चम्बर राई, दुर्गाबहादुर राई, इन्द्रबहादुर राई, अश्विन राई, सुजन राई गरी नौ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।
    पक्राउ परेका नेता, कार्यकर्तालाई बिना सर्त रिहाइको माग गर्दै प्रदेश नं. १ पुन नामाङ्कन संयुक्त संघर्ष समितिले विज्ञप्ति प्रकाशन गरी मंगलबार (मंसिर २०)देखि बलबहादु राई मार्ग र मध्ये पहाडी मार्ग अन्तरर्गतको ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङ र उदयपुर ४ जिल्लामा सडक अनिश्चित कालको लागि बन्द गर्ने घोषणा गरेका थिए । 
    पक्राउ परेका नौ जनालाई नै रिहाइ गरेपछि भोलीदेखि गर्ने भनिएको सडक बन्द फिर्ता लिएका संयुक्त संघर्ष समितिले जनाएको छ । 
    रिहाइ पछि पुन कोशी नाम विरुद्ध नारा जुलुस भएको थियो । आयोजित कोणसभामा आन्दोलन कुने हालतमा नरोकने बताएका छन् । कोणसभा यायोक्खा महासचिव भीम राई, थगेन्द्र राई, दिपेन्द्र रुम्दाली राई, धिरेन्द्र रुम्दाली राई लगायतले सम्बोधन गरेका थिए । 
    यद्यपि संयुक्त संघर्ष समितिले आगामी २६ र २७ गते मध्ये पहाडी मार्ग अन्तरर्गत घुर्मीदेखि लेगुवा घाटसम्म सडक बन्दको घोषणा गरिसकेको छ । 

    मंसीर २६ र २७ मध्ये पहाडी लोकमार्ग बन्द 
    एमालेको मध्ये पहाडी यात्रामा कोशी नाममा हस्ताक्षर दिने ८२ मध्येको प्रदेश सांसद र राई, लिम्बू लगायत पहिचानवादी शक्तिलाई अपराधि भनेर समुदायगत गाली गरेको भन्दै पूर्ब प्रधानमन्त्री केपी ओली लगायत ३ भाईले आत्माआलोचना नगरेसम्म प्रदेश नं. १ का कालो झण्डा लगायत विरोध प्रदर्शन गर्दै आएका छन् । तीन भाई र प्रदेश सांसद विरुद्ध सडक बन्दको घोषणा भएको संयुक्त संघर्ष समितिले जनाएको छ । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीमा सुशिला कन्दङ्वा मेमोरियल पथरीशनिश्चरे चेस (बुद्धिचाल) च्याम्पियनसिप २०८२ सुरु भएको छ…

मोरङ । मोरङको पथरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे गोल्डकप—२०८२ को उपाधिको लागि आय…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपाकिाल १ स्थित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक सा…

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…