• मोरङ । ताप्लेजुङ्गमा पक्राउ परेका दुई पहिचानवादी कार्यकर्ता रिहाइ भएपछि दुई दिनदेखि भएको मेची राजमार्ग र ताप्लेजुङ्ग बन्द फिर्ता भएको छ । 
    पूर्ब संघीय मन्त्री योगेश भट्टराई गृहजिल्ला ताप्लेजुङ आएपछि आइतबार (मंसीर १०) गते भट्टराईको घरैमा कालो झण्डा प्रदर्शन तथा नारा जुलुस भएको थियो । सोही दिन भट्टराई चढेको गाडी जिल्ला सदरमुकाम पुग्दा ढुङ्गा प्रहारबाट क्षति भएको थियो । सोही आरोपमा पाथीभरा याङ्वरक–३ का बिपिन कङ्लिबा र आनन्द कङ्लिबा लिम्बूलाई प्रहरीले राति घरैबाट पक्राउ गरेको थियो ।
    कोशी नाम खारेजी र पक्राउ परेका कार्यकर्ता रिहाइको लागि भन्दै संयुक्त संघर्ष समितिको आयोजनामा मंसीर १२ र १३ गते मेची राजमार्ग र ताप्लेजुङ बन्द भएको थियो । 
    बुधबार साँझ ताप्लेजुङ संयुक्त संघर्ष समिति, जिल्ला प्रशासन, प्रहरी र विभिन्न पार्टीको सहमतिपछि पहिचानवादी कार्यकर्ताहरु रिहाइ भएका छन् । रिहाइपछि आजैबाट मेची राजमार्ग र ताप्लेजुङ बन्द फिर्ता लिएको संयुक्त संघर्ष समितिले विज्ञप्ति प्रकाशन गरी जनाएको छ । 
    प्रदेश १ को पुननामकरणको आन्दोलन सशक्त बन्दै जाँदा भट्टराईले संघीय संसदमा राई, लिम्बू, तामाङ, मगर, गुरुङ, शेर्पालाई सामुदायिक रुपमा गालि र पहिचान पक्षधर शिल्पी, खस÷आर्यहरुलाई समेत असभ्य शब्द प्रयोग गरेको पहिचानवादीको आरोप छ । 
    पूर्ब प्रधानमन्त्री केपी ओली, महेश बस्नेत र भट्टराईले पहिचानवादीलाई साम्प्रदायिक रुपमा गालि गरेको भन्दै कालो झण्डासहित विरोध गर्दै आएका छन् । कोशी नामको पक्षमा भोट दिने ८२ प्रदेश सभा सदस्यहरुलाई समेत कालो झण्डा प्रदर्शन गर्दै आएका छन् । 
     

सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…