• मोरङ । प्रदेशको नाम कोशी खरेजी र ताप्लेजुङका पक्राउ परेका दुई कार्यकर्ता निसर्त रिहाइको माग राख्दै प्रदेश नं. १ पुन नामाङ्कन संयुक्त संघर्ष समितिले आयोजना गरेको बन्दको कारण मेची राजमार्ग ठप्प रहेको छ । 
    कोशी नाम खारेजीको आन्दोलन गर्दै आएका संयुक्त संघर्ष समितिलाई साम्प्रदायिक रुपमा गाली गर्दै आएका पूर्ब मन्त्री योगेश भट्टराई ताप्लेजुङ आएको कार्यक्रममा कालो झण्डा देखाएको आरोपमा आइतबार ताप्लेजुङ पाथीभरा याङ्वरक–३ का बिपिन कङ्लिबा र आनन्द कङ्लिबा लिम्बूलाई प्रहरीले राति साढे १० प्रहरीले घरैबाट पक्रेको थियो ।
    पक्राउ परेका कार्यकर्ता नछाडेपछि हिजो (सोमबार) मेची राजमार्ग अनिश्चित कालको लागि बन्द गर्ने घोषणा गरेका थिए । 
    आज (आइतबार) विहानैदेखि झापाको बुधबारे, इलाम सदरमुकाम, पाँचथरको फिदिम, ताप्लेजुङको विभिन्न स्थानमा आन्दोलनरत संयुक्त संघर्ष समितिका कार्यकर्ताहरु सडकमा निस्किएका छन् । 
    बभिन्न स्थानमा ढाट तथा रुख ढालेर सडक अवरोध गरिएको प्रदेश नं. १ पुन नामाङ्कन संयुक्त संघर्ष समितिका अध्यक्षता गर्दै आएका डकेन्द्रसिंह थेगिमले बताए । पक्राउ परेका कार्यकर्ता तत्काल छाडेर कोशी नाम खारेजी प्रकृया सुरु नभए आन्दोलन निर्णायक बन्दै जाने किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम एक्तेनले बताए । 
    ठाउँ ठाउँमा आन्दोलनरत संगठनका नेता, कार्यकर्ताहरु सक्रिय भएपछि बिहानैदेखि मेची राजमार्ग ठम्प भएको हो । 
    कोशी नाम राखिएकै दिनदेखि राई, लिम्बू, शेर्पा, नेपाल आदिबासी जनजाति महासंघ, पहिचानको आधारमा प्रदेश नं. १ को पुन नामाङकन अभियान समिति लगायत समुदायगत संगठनहरुको नेतृत्वमा कोशी नाम खारेजीको आन्दोलन चलिरहेको छ । 
    यो आन्दोलनमा तामाङ, मगर, गुरुङ, नेवार, थारु लगायतका साझा संस्थाहरु र जसपा, नेसपा, संलोराम, जनमुक्ति पार्टी, नागरिक उन्मुक्ति पार्टी (एकीकृत), माओवादी केन्द्र सम्बद्ध किरात र लिम्बुवान मुक्ति मोर्चा सहभागी रहेका छन् । 
    मेची राजमार्ग बन्द गर्न विहानैदेखि बिभिन्न संंगठनका नेता, कार्यकर्ताहरु सकडमा निस्केर यातायात बन्द गराउदै हिडेका छन् । 
    योगेश भट्टराई, पूर्ब प्रधानमन्त्री केपी ओली र महेश बस्नेतले राई, लिम्बू, तामाङ, मगर, गुरुङ, शेर्पा लगायतलाई सामुदायिक रुपमा गालि गरेको भन्दै संयुक्त संघर्ष समितिले उनीहरु सहभगी कार्यक्रममा कालो झण्डा प्रदर्शन गर्दै आएको छ । 
    यी व्यक्तिहरुले पहिचानको पक्षमा रहेका शिल्पी, खस÷आर्य, मुश्लिम, मधेशी समुदायलाई पनि असभ्य शब्दमा गाली गर्दै आएको संघर्ष समितिका नेताहरुको भनाइ छ । 

    मंसीर १४ गते घुर्मीमा पहिचानवादी संगठनको अभियान उद्घाटन

    यसैवीच संयुक्त संघर्ष समितिले मसीर १४ गते ‘घुर्मी चिवाभञ्याङ जनजागरण अभियान’ उद्घाटन सभाको आयोजना गर्दैछ । 
    एमालेले मंसीर १४ गतेदेखि ‘झुलाघाट–चिवाभञ्ज्याङः यात्रा’ झुला घाटमा उद्घाटन गर्ने दिन नै संयुक्त संघर्ष समितिले घुर्मीमा अभियान सुरु गर्ने भएको हो । 
    एमालेको यात्रा प्रदेश नं. १ मा आइपुग्दा तीन भाई र कोशी नाममा हस्ताक्षर गर्ने ८२ प्रदेश सांसदलाई नहिडाउन आग्रह गरिसकेको र अटेर भए जनताबाट प्रतिरोध हुने पहिचानका लागि युवाको संयोजक भीम राईको भनाइ छ । 

     

               

    मंगलबार मेची राजमार्ग बन्दको दृश्यहरु


     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीमा सुशिला कन्दङ्वा मेमोरियल पथरीशनिश्चरे चेस (बुद्धिचाल) च्याम्पियनसिप २०८२ सुरु भएको छ…

मोरङ । मोरङको पथरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे गोल्डकप—२०८२ को उपाधिको लागि आय…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपाकिाल १ स्थित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक सा…

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…