• ताप्लेजुङ प्रहरीद्वारा पक्राउ परेका व्यक्तिहरु

    मोरङ । राई, लिम्बू समुदायलाई ‘आतंककारी’ भन्दै साम्प्रदायिक रुपमा गालि दिएको भन्दै पूर्ब मन्त्री योगेश भट्टराई विरद्ध कालो झण्डा प्रदर्शन गरेको आरोपमा आइतबार ताप्लेजुङबाट पक्राउ परेका दुई जना नेताहरुको बिनासर्त रिहाइ नगरे पहिचान पक्षधरले मेची राजमार्ग बन्द गर्ने चेतावनी दिएका छन् ।
    प्रदेश १ को पुननामकरनको आन्दोलन सुरु भएपछि भट्टराई, पूर्ब प्रधानमन्त्री केपी ओली र महेश बस्नेतले राई, लिम्बू, तामाङ, मगर, गुरुङ, शेर्पा लगायतलाई सामुदायिक रुपमा गालि गरेको भन्दै उनीहरु सहभगी कार्यक्रममा कालो झण्डा प्रदर्शन गर्दै आएको छ । 
    यस्तो अवस्थामा आइतबार योगेश भट्टराई ताप्लेजुङ आएपछि प्रदेश नं. १ पुन नामाङ्कन संयुक्त संघर्ष समितिले भट्टराईको घरैमा कालो झण्डा प्रदर्शन गरेका थिए । 
    घरमा कालो भण्डासहित नारा जुलुस भएपछि प्रहरीको स्कटिङमा सदरमुकाम फुङ्लिङ पुगेका भट्टराई सवार कार माथि ढुङ्गा प्रहार भएको थियो । तोडफोडबाट कारको अगाडीको शिसा कामै नलाग्ने गरी क्षति भएको छ । 
    सो आरोपमा ताप्लेजुङ पाथीभरा याङ्वरक–३ का बिपिन कङ्लिबा र आनन्द कङ्लिबा लिम्बूलाई प्रहरीले आइतबार राति साढे १० प्रहरीले घरैबाट पक्राउ गरेको थियो ।
    प्रदेश नं. १ पुन नामाङन संयुक्त संघर्ष समितिले आज (सोमबार) विज्ञप्ति प्रकाशन गरी पक्राउ परेका दुवैजनालाई आज साँझसम्म विनासर्त रिहाइ नगरे भोली (मंगलबार)बाट मेची राजमार्ग बन्द गर्ने चेतावनी दिएको हो । 
    प्रहरीले नवीन पोमु, डम्बर पालुङ्वा, मनिस हेल्लोक, कुमार खिम्दिङ लगायतका नेताहरुलाई समेत घट्ना गराएको हल्ला चलाएको भन्दै विज्ञप्ति मार्फत भर्त्सना गरेको छ ।
    पक्राउ परेको दुई जनाको रिहाईको लागि आज प्रहरी कार्यालय घेराउ गर्ने विज्ञप्तिमा उल्लेख छ । 
    कालो झण्डा प्रदर्शनको घोषित कार्यक्रममा निहु खोज्न आउने योगेश भट्टराई, आयोजक संस्था र सरकार स्वयमले ताप्लेजुङ घट्नाको जिम्मेवारी लिनुपर्ने, पहिचानवादीको शान्तिपूर्ण जुलुसमा आक्रमण भएको प्रति भ्रत्सना गर्दै आक्रमणमा संलग्न ‘भिजिलान्ते’हरुलाई पक्राउ गरी कारबाही गर्नुपर्ने विज्ञप्तिमा उल्लेख । 
    पहिचानको पक्षमा रहेका शिल्पी, खस÷आर्यहरुलाई पनि भट्टराई लगायतका तीन भाईले गाली गर्दै आएको विज्ञप्तिमा उल्लेख छ । 
    पहिचान सहितको प्रदेश नं. १ पुन नामाङ्कन अभियान समितिका अध्यक्ष डकेन्द्रसिंह थेगिम, किरात राई यायोक्खा अध्यक्ष जीवन हाताचो राई, किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम एक्तेन, नेपाल आदिबासी जनजाति महासंघको अध्यक्ष गेल्जे शेर्पा, नेपाल शेर्पा संघका महासचिव लाक्पा शेर्पाको हस्ताक्षर रहेको छ ।
    यसैवीच एमालेले मंसीर १४ गतेदेखि ‘झुलाघाट–चिवाभञ्ज्याङः यात्रा’ गर्दैछ । यो यात्रा प्रदेश नं. १ मा आइपुग्दा तीन भाई र कोशी नाममा हस्ताक्षर गर्ने ८२ मध्येको प्रदेश सांसदलाई सहभागी नगराउन एमालेलाई पहिचवादी संयुक्त संघर्ष समितिले विज्ञप्ति प्रकाशन गरेर आग्रह गरेको छ । 
    अटेर गरे प्रतिरोध गर्ने भन्दै संयुक्त संघर्ष समितिले ‘घुर्मी चिवाभञ्याङ जनजागरण अभियान’ मसीर १४ गते नै उदयपुर र ओखलढुङ्गाको सीमानामा पर्ने घुर्मीमा उद्घाटन सभाको आयोजना गर्दै छ । ताप्लेजुङ फुङ्लिङ बजारमा तोडफोडपछि योगेश भट्टराई चढेको गाडी



    योगेश भट्टराईको घरमा पहिचानवादी संगठनद्वारा कलो झण्डा प्रदर्शन


     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीमा सुशिला कन्दङ्वा मेमोरियल पथरीशनिश्चरे चेस (बुद्धिचाल) च्याम्पियनसिप २०८२ सुरु भएको छ…

मोरङ । मोरङको पथरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे गोल्डकप—२०८२ को उपाधिको लागि आय…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपाकिाल १ स्थित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक सा…

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…